गृहपृष्ठ » मुख्य समाचार, समचारपहिरोले पुरिएर दुई जनाको मृत्यू, दुई जना घाईते ।।

पहिरोले पुरिएर दुई जनाको मृत्यू, दुई जना घाईते ।।

October 8, 2015१६२ पटक

२१ असोज,तेह्रथुम
खाम्लालुङ गाबिस वडा नम्बर ६ मा सञ्चालनमा रहेको फलामेसागु जलबिद्युत आयोजनाको कुलो भत्कीएर गएको पहिरोले पुरिएर २ जनाको मृत्यू भएको छ । बिहिबार राती करिब साढे २ बजे आयोजनाको कुलो भत्कीएर गएको पहिरोले घर पुरिदा खाम्लालुङ ६ का बर्ष ४८ का लोकेन्द्र कुरुम्बाङ र उहाँका छोरा बर्ष ८ का संगम कुरुम्बाङको घटना स्थलमै मृत्यू भएको हो । कुलो भत्कीएपछि गएको पहिरोले घरमा क्षति पुग्दा लोकेन्द्र र संगमको घटना स्थलमै मृत्यू भएको प्रहरीले जनाएकोछ । पहिरोका कारण घर भत्कीदा लोकेन्द्रका पत्नी ४६ बर्षकी रेस्मा कुरुम्बाङ र छोरी १६ बर्षकी सन्ध्या कुरुम्बाङ घाईते हुनु भएकोछ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण