मधेशका केही दलले बन्द खोलेको भन्दै अन्य दलद्वारा टायर बालेर विरोध ।।
२१ असोज, कपिलवस्तु
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले बन्दको अवज्ञा गरेको भन्दै
सडकमा टायर बालेर विरोध गरेका छन । मोर्चाका कार्यकर्ताहरुले चन्द्रौटा
कृष्णनगर सडक खण्ड अन्तरगत पर्ने रुद्रपुर चौकमा टायर बालेर विरोध गरेका हुन
। सरकारले आफुहरुको मागलाई सम्बोधन गर्न वेवास्था गरेको भन्दै बन्द शसक्त
पारेको नेताहरुले बताएका छन । यहि असोज १८ गते कृष्णनगरमा व्यापारी, यातायात
व्यावसायी, उद्योगी र मोर्चाका नेता अभिषेक प्रताप शाह, ईश्वर दयाल मिश्रा,
रविदत्त मिश्रा विच सडक खोल्ने विषयमा सहमती गरेका थिए ।