गृहपृष्ठ » मुख्य समाचार, समचारदशै नजिकिदै गर्दा नाकाबन्दीका कारण जुम्लामा तेल तथा खाद्य सामग्रिको अभावसँगै मुल्य बृद्धि ।।

दशै नजिकिदै गर्दा नाकाबन्दीका कारण जुम्लामा तेल तथा खाद्य सामग्रिको अभावसँगै मुल्य बृद्धि ।।

October 8, 2015१६१ पटक

२१ असोज,जुम्ला
दशंै नजिकिदै गर्दा भारतले गरेको अघोसित नाकाबन्दीका कारण जुम्लामा तेल तथा खाद्य सामग्रिको अभाव हुन थालेको छ । अघोसित नाकाबन्दीका कारण तेल तथा खाद्य सामग्रि आयात हुन छोडेपछि जुम्लामा अभाव देखिएको हो । जुम्लामा तेल तथा खाद्य सामग्रिको अभाव भएसँगै सामानको मुल्यमा पनि बृद्धि भएको छ । तर जुम्लाका खुद्रा तथा होलसेल ब्यपारीले अन्य खुद्रा सामग्रिको अभाव नभएको बताएका छन् । जुम्लामा ग्यास लगाएत अन्य खुद्रा सामग्रिको अभाव देखिएको छैन, भने त्यसमा मुल्य बृद्धि पनि नभएको स्थानियले बताएका छन् । तेल तथा खाद्य सामग्रि अभाव हुँदा धारा, स्वास्तीक लगाएत सबै ब्राण्डका तेलमा प्रति प्याकेट ५ देखि १० रुपैयाँ सम्म मुल्य बृद्धि भएको छ । त्यस्तै खाद्य सामग्रिमा सबै ब्राण्डका चामल तथा आटाको प्रति केजि ५ रुपैयाँ सम्म मुल्य बृद्धि भएको जुम्लाका खुद्रा तथा होलसेल ब्यापारीले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण