गृहपृष्ठ » मुख्य समाचार, राजनीतिएमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री दिने कुनै भद्र सहमती नभएको कोईरालाको भनाई ।।

एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री दिने कुनै भद्र सहमती नभएको कोईरालाको भनाई ।।

October 8, 2015१६१ पटक

कठमाण्डौ २१ असोज ।।

प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले नयाँ सरकारका लागि कसैसँग सहमति नभएको बताउनुभएको छ । काँग्रेस केन्द्रीय समितिको बैठकको शुरुवातमै बाहिर चर्चा भएजस्तो एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने भद्र सहमति नभएको कोईरालले स्पष्ट पार्नुभयो । काँगेस सभापती कोईरालाले अब बन्ने सरकारको विषयमा गम्भिर भएर छलफलमा सहभागी हुन र आफ्ना विचार राख्न म सबै केन्द्रिय सदस्यहरुलाई आग्रह गर्नुभएको थियो । त्यस अघि बसेको प्रमुख तीन नेताको बैठक र त्यसपछिको पदाधिकारी बैठकका कारण केन्द्रीय समिती बैठक विहान ९ बजेका लागी बोलाईएको भएपनि दिउँसो एक बजे पछि मात्रै बसको थियो । तीन नेता र पदाधिकारीको छलफलमा बरिष्ठ नेता शेर बहादुर देउवा र उपसभापती रामचन्द्र पौडेलले आफुलाई प्रधानमन्त्रीको दावेदारका रुपमा प्रस्तुत गर्नुभएको स्रोतले जनाएको छ । तर काँग्रेसका केहि पदाधिकारीहरु भने एमाले नेतृत्वको सरकारलाई स्वीकार्नु पर्ने पक्षमा छन् । अहिलेको अवस्थामा सहमतिकै सरकार गठन हुनुपर्ने र त्यसको नेतृत्वमा जो सुकै भएपनि स्वीकार्नु पर्नेमा काँग्रेसका दोस्रो तहका केहि नेताहरु रहेका छन् । तर एमाले एकिकृत माओवादी लगाएतका दलले भने यस अघि नै एमालेको नेतृत्वमा सरकार बन्नु पर्ने भनि भद्र सहमती भईसकेको बताउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण