गृहपृष्ठ » अार्थिक, कृषि, मुख्य समाचार, समचारमाछापालनबाट मनग्ये आम्दानी

माछापालनबाट मनग्ये आम्दानी

August 6, 2015७६३ पटक

Fishबागलुङ, २१ बिहीबार/एक करोड रुपैयाँको लगानीमा दुई वर्षअघि माछापालन सुरु गरेका बागलुङका एक किसानले यथेष्ट आम्दानी गर्न सफल भएका छन् । जिल्लाको हरिचौर गाविस–९ का तिलक उप्रेतीले रिघा गाविसमा सुरु गरेको माछापालनबाट वर्षमा चार लाख कमाइ गरेका हुन् । उप्रेतीले पाँच वटा पोखरीमा व्यावसायिक रुपमा माछापालन गर्दै आएका छन् । पहिलो वर्ष एक हजार किलो माछा बेचेको उप्रेतीले बताए । बजारमा प्रतिकिलो ४०० मा माछा बिक्री हुने गरेको छ । जग्गा खरिद पोखरी र अन्य संरचना निर्माणमा करिब एक करोड खर्चेर उहाँले माछापालन सुरु गरेका हुन् । एकीकृत नेकपा (माओवादी) का जिल्ला तहको नेता समेत रहनुभएका उप्रेती उत्पादनसँग जोडिन माछापालन तिर लागेका हुन । ‘यो वर्षदेखि माछाको उत्पादन थप बढ्छ, नयाँ पोखरी पनि निर्माण गर्ने योजनामा छु’ उनले भने । गत असारमा १० हजार नयाँ भुरा पोखरीमा छोडेको उनको भनाइ छ । माछापालन र अन्य कृषि उद्यमको लागि भनेर उप्रेतीले रिघामा १८ रोपनी जग्गा खरिद गरेका छन् । रिघा–२ माझवगरमा रहेको पाछापालन त्यसक्षेत्रकै ठूलो लगानीको हो । साउनेखोलाको पानीलाई पोखरीमा ल्याएर माछापालन गरिएको छ । भाषण गरेर र सिद्धान्तको मात्रै रटान कसेर परिवर्तन सम्भव नहुने ठानेर उत्पादनतिर लागेको उप्रेतीको भनाई छ । पोखरीमा कमनग्रास, ग्रासकार्फ र रहु जातका माछा छन् । ‘यो वर्ष १० हजार नयाँ भुरा रहु जातका छन्, भारतको कलकत्ताबाट माछाका भुरा ल्याएर राखिएको छ’ उनले भने । प्रतिभुरा रु आठका दरले खरिद गरेको उनले जानकारी दिए । गत असारमा छोडेका भुरा आउँदो दसैँमा बिक्रीका लागि तयार हुने उप्रेतीले बताए । गत वर्ष एक किलोसम्मको माछा तयार भएको थियो । त्यहाँ रहेका माछा औसतमा २५० ग्रामदेखि ४०० ग्रामसम्मको हुने बताइएको छ । उत्पादित माछा स्थानीय बजार गलकोटको हटिया, हरिचौर, काँडेवास, मल्म, खरवाङ, गुल्मीका विभिन्न ठाउँमै खपत हुने गरेको छ । माछापालनसँगै अन्य कृषि उत्पादनतिर लाग्ने योजना रहेको उप्रेतीले बताए । उप्रेतीले सञ्चालन गरेको माछापालन व्यवसायमा अहिले सात जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण