गृहपृष्ठ » मुख्य समाचार, विशेष, समचारमाग सम्बोधन नभएको भन्दै नेटाको बिद्युत परियोजनाको भबनमा ताल्चा ।।

माग सम्बोधन नभएको भन्दै नेटाको बिद्युत परियोजनाको भबनमा ताल्चा ।।

October 9, 2015२५३ पटक

अनिश गैरे, वामी गुल्मी 

२२ असोज ।। 

पटक पटक गरिएको आफ्नो मागलाई सम्बोधन नगरिएको भन्दै बिरोध स्वरुप ग्वालीचौर ८ दाँगका स्थानीयहरुले गुल्मीको नेटा २ मा रहेको बढिघाट लघुजलबिद्युत परियोजनाको भबन आज तालाबन्दी गरेका छन । करिब १ सय जनाको समुहमा गएका स्थानीयहरुले सोही परियोजनामा आज ताला लगाएका हुन ।

आफुहरुको गाँउघरमा भएको अध्यारोलाई हटाउनको लागी सबै मिलेर बिद्युतको लागी आर्थिक सहयोग तथा जनश्रमदान गरेको र बिद्युत उत्पादन भएपछि आफुहरुलाई बिद्युत बाट बाहेक गरिएको भन्दै आफुहरुले परियोजनाको भबनमा ताला लगाएको थानापति निमाबि ग्वालीचौरका प्रद्यानाध्यापक खिमराज घिमिरेले बताउनुभयो । सोही बिद्युत गत २०७१ सालको असार महिनाबाट सञ्चालनमा आएको तर बिद्युतलाई गुल्मी नेटाका स्थानीयहरुले मात्र एक लौटी रुपमा उपभोग गरेको भन्दै ताल्चा गर्न बाध्य भएको उहाँको भनाई रहेको छ । बिद्युत उत्पादनको लागी भन्दै प्रत्येक घरबाट करिब १०० दिन जनश्रमदान तथा ५ हजार सहयोग गरेको बताईएको छ । पटक पटक आफुलाई बिद्युत दिन आग्रह गरिएको भएपनि बिद्युत समितिले हेलचेक्राई गरेको स्थानीयहरुको आरोप छ । आफुहरुले सोही बिद्युत सञ्चालन नहुदै अर्कै बिद्युत प्रयोग गरिरहेको अबस्थामा सोही समितिले अनेक प्रलोभन देखाएर यही बिद्युत सञ्चालन गर्न स्थानीयको बुद्धि भुटेको तर अहिले २ ओटै बिद्युतबाट आफुहरु एता न उता भएको पत्रकार प्रकाश घिमिरेको आरोप छ ।  बिद्युत समितिकै सदस्य तथा वडा नम्बर ८ का नागरीक मञ्च संयोजक चेतनारायण घिमिरेले पनि आफुले समितिमा धेरै पटक ध्यानाकर्षण गराउदा समेत कुनै प्रकारले सम्बोधन नभएको बताउनुभयो । ग्वालीचौरका वडा नम्बर ७ र ८ का गरी करिब २०० परिबारले बिद्युत उपभोग गर्न पाएका छैनन भने ६ सय २० घरको लागी भन्दै परियोजना सञ्चालन गरिएको थियो । भबनमा ताल्चा लगाईएपछि समितिका पदाधिकारीहरुले छिट्टैनै निकास निकाल्ने प्रतिबद्धता गरेको स्थानीय बुद्धिजिवी लोकनाथ घिमिरेको भनाई रहेको छ । समस्याको बारेमा प्रहरी चौकी तथा समितिलाई लिखित रुपमै जानकारी गराईएको बताईको छ । बिद्युत नभएपछि एक पाथी खाद्यान्न कुट्न तथा पिस्नको लागी पनि करिब एक दिननै हिड्नु पर्ने स्थानीयको भनाई छ । बिद्युतको अबरुद्ध भएको कारण स्थानीयहरु निकै ठुलो मारमा परेका छन ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण