गृहपृष्ठ » मुख्य समाचार, समचारगुल्मीमा पहिलो पटक हुलाकदिवस मनाईयो ।।

गुल्मीमा पहिलो पटक हुलाकदिवस मनाईयो ।।

October 9, 2015१०४ पटक

प्रेम सुनार

गुल्मी २२ असोज ।।

गुल्मीमा पहिलो पटक औपचारिक कार्यक्रमका विच विश्व हुलाक दिवस मनाईएको छ ।‘विश्वमा हुलाक सेवा सुरु भएको १ सय ४१  वर्ष भयो तर गुल्मीमा भने यस अघि कुनै पनिवर्ष औपचारिक रुपमा विश्व हुलाक दिवस मनाईएको थिएन् आयोजक संस्था जिल्ला हुलाक कार्यालयका प्रमुख हरिप्रसाद गैरेले अतिथीहरुलाई स्वागत गर्नूभएको थियो । समारहेको प्रमख जिल्ला अधिकारी चन्द्र प्रसाद गैरेले कार्यक्तमको उद्घाटन गर्नुभएको थियो । प्रमुख अतिथी गैरेले हुुलाक सेवामा महत्वपुर्ण योगदान पुराउने त्यस कार्यालयका ८४ जनाकर्माचारीहरुलाई प्रशंसा पत्र सहित सम्मानपनि गर्नुभएको थियो ।

विशेष अतिथी स्थानिय विकास अधिकारी डिलाराम पन्थीले विश्व हुलाक दिवसका अवसरमा आयोजना गरिएको म्युजिकल चेयर प्रतियोगितामा महिला तर्फ प्रथमहुने खरिदार अजिता भण्डारी र पुरुषतर्फ प्रथमहुने हल्कारा चुरामणी पन्थीलाई पुरषकार वितरण गरेका थिए ।  विश्व हुलाक दिवसको अवसरमा सो कार्यालयले ३७वर्ष देखि अनवरत सेवागर्ने पुर्तिघाट ईलाकाहुलाक सेवा कार्यालयका वोमबहादुर काउछालाई सम्मान पनि गरेको छ ।

त्यस्तै विश्व हुलाक दिवसको अवसरमा आएका पहिलो सेवाग्राही रेसुङ्गानगरपालिका–११, सिमचौर आँमडाडका ५५ वर्षिय गोविन्द वुढाथोकीलाई पनि सो कार्यालयले सम्मान गरेको छ ।  विश्व हुलाकदिवस हरेक वर्ष ठिक आज कै दिन अक्टुवर ९ तारिखमा मनाउने गरिन्छ ।

‘ तिमी शिक्षित हुनचाहेको संसार बताउ भन्ने मुलनाराका साथ मनाईएको विश्व हुलाक दिवस कार्यक्रममा  राजनैतिक दलका प्रतिनिधीहरु भने सहभागी थिएनन् । कार्यक्रममा गुल्म पति सेनानी जनककुमार वस्नेत, जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक रविन्द्र रेग्मी , जिल्ला अनुसन्धान कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक प्रभु मल्ल लगायत विभिन्न कार्यालयका प्रमुखहरुको विशेष आतिथ्यता  रहेको थियो ।

जिल्ला हुलाक कार्यालयका प्रमुख हरिप्रसाद गैरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नायव सुव्वा निमा चापागाईको स्वागत मन्तव्य र खरिदार श्यामलाल पाण्डेको सञ्चालन रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण