चिनियाँ भेडा च्यांग्राको मूल्य बढ्यो
२३ असोज, मुगु । दसैं नजिकिरहँदा यसपालि मुगुमा चिनियाँ खसी नआउने भएको छ । विगतका वर्षमा स्थानीय खसीभन्दा सस्तोमा पाउँदा नेपाली उपभोत्ता चिनियाँ खसीतिर आकषिर्त हुने गरेका थिए ।
यसपटक मूल्य बढ्दा व्यापारी मर्कामा परेका छन् । गत वर्ष प्रतिचिनियाँ खसी तिब्बतमा चिनियाँ रुपैयाँमा न्यूनतम छ सयदेखि अधिकतम नौ सयमा खरिद हुन्थ्यो । तर, अहिले चीनमै प्रतिखसी आठ सयदेखि एकहजार दुई सयमा बिक्री हुन थालेको नयाँ पत्रिकामा खबर छ ।
महँगोमा खसी ल्याएर घाटा बेहोर्नुभन्दा गाउँघरबाट स्थानीय खसी किनेर यो वर्षको चाडपर्वमा व्यापार गर्ने सोच राखेको खसी व्यापारी कुन्जोक लामाले बताए ।