पाल्पामा भएको दुर्घटनामा एक जनाको मृत्यु
पाल्पा, असोज २३ – पाल्पामा शनिबार बिहान भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । पाल्पाको नायरनमतलेश–१ सिन्चास बिहान ग १ ज ४३८८ नम्बरको कार दुर्घटना हुँदा कास्कीको पोखरा–८ का ४० वर्षका प्रेम गुरुङको ज्यान गएको प्रहरीले जनाएको छ ।
बुटवलबाट पोखराका लागि छुटेको कार दुर्घटनामा चालक पोखराकै अशोक गुरुङ र काभ्रेपलान्चोकका राजकुमार थापा घाइते भएका छन् । थापाको अवस्था गम्भीर रहेको र उनको पोखरा न्युरो अस्पतालमा प्रारम्भीक उपचार गरेर थप उपचारका लागि काठमाडाैं रिफर गरिएको छ । अर्का घाइते अशोकको पाल्पाको लुम्बिनी मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।