गृहपृष्ठ » मुख्य समाचार, शिक्षाआज विश्व मानसिक स्वास्थ्य दिवस ।।

आज विश्व मानसिक स्वास्थ्य दिवस ।।

October 10, 2015२१४ पटक

२३ असोज ।।
आज अक्टोबर १०, विश्व मानसिक स्वास्थ्य दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाईंदैछ । मानसिक स्वास्थ्य बारेमा जनचेतना जगाउन र बढ्दो मानसिक समस्या रोकथामका लागि सरोकारवाला स्वास्थ्य संस्थाले जनचेतनामूलक कार्यक्रम गर्दैछन् । बढ्दो बेरोजगारी अव्यवस्थित जीवनशैली, प्रेममा धोका, पढाईमा असफलता, मानसिक तनाव, निराशाजस्ता कारणले नेपालमा वर्षेनी मानसिक रोगीको संख्या बढिरहेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार नेपालमा करिब २५ लाख मानिसलाई कुनै न कुनै किसिमको मानसिक समस्या छ भने करिब ३ लाख नेपालीमा कडा खालको मानसिक रोग रहेको छ । समाजमा हुने गरेको नकारात्मक व्यवहार र उचित उपचारको अभावमा मानसिक रोगीहरुको मृत्युदर धेरै रहेको चिकित्सकहरु बताएका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण