गृहपृष्ठ » मुख्य समाचार, समचारग्यास नहुदा होटल बन्द

ग्यास नहुदा होटल बन्द

October 10, 2015१२१ पटक

भारतको अघोषित नाकाबन्दीका कारण ग्यास आपूर्ति रोकिएपछि धादिङ सदरमुकाम र राजमार्गमा सञ्चालित होटल धमाधम बन्द हुने अवस्थामा पुगेका छन् ।
लामो समयदेखि ग्यास आपूर्ति बन्द भएको र राजमार्ग क्षेत्रमा सञ्चालित ग्यास डिपोले ग्यास उपलब्ध नगराएपछि होटलले ग्राहकको मागअनुसारको परिकार उपलब्ध गराउन नसकेको होटल व्यवसायी सघले जनाएको छ ।
राजमार्गमा यात्रुका लागि लक्षित गरी सञ्चालन गरिएका होटल ग्यास नभएपछि खानाका परिकार घटाउन थालेका छन् । एक सय हाराहारीमा रहेका यात्रु होटलमध्ये आधाले पसल नै बन्द गरिसकेका छन् भने आधाले दाउरा खोजेर खाना बनाइरहेको व्यवसायीले जनाएका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण