इस्लामिक चरमपन्थी संगठन आईएसले सिरियाका थुप्रै गाउँ आफ्नो कब्जामा
इस्लामिक चरमपन्थी संगठन आईएसले सिरियाको दोस्रो ठूलो शहर अलेप्पो आसपासका थुप्रै गाउँ आफ्नो कब्जामा लिएको छ । रुसी सेनाले जारी राखेको हवाई हमलाका बाबजुत आईएसले एलेप्पोदेखि १० किलोमिटर टाढा रहेका ती गाउँ कब्जामा लिएको हो । त्यसक्रममा भएका झडपमा थुप्रै व्यक्तिको मृत्यु भएको आशंका गरिएको छ ।
उता रुसले भने २४ घण्टा यताको हवाई कारबाहीमा ३ सयभन्दा बढी आईएसका लडाकु मारिएको दावी गरेको छ । तर रुसमाथि सिरियाली राष्ट्रपति बशर अल असादको विरोधी समूहमाथि आक्रमण गरेको आरोप लाग्दै आएको छ ।
यसले झनं आइएसलाई अगाडी बढ्न बाटो खुला गरेको आरोप उनीहरुले लगाउने गरेका छन् ।