गृहपृष्ठ » खेलकुद, मुख्य समाचारराष्ट्रिय लिग फुटबलमा आज थ्रीस्टार र झापा ११ बीच प्रतिस्पर्धा हुदै

राष्ट्रिय लिग फुटबलमा आज थ्रीस्टार र झापा ११ बीच प्रतिस्पर्धा हुदै

October 10, 2015३२८ पटक

राष्ट्रिय लिग फुटबलमा आज थ्रीस्टार र झापा ११ बीच प्रतिस्पर्धा हुदै छ । ललितपुरको सातदोवाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउसो साढे २ बजे हुने खेलमा उपाधीका दावेदार यि दुई टिम बीचको भिडन्त निकै रोमान्चक हुने अनुमान गरिएको छ ।
१३ खेलबाट २६ अंक जोडेको थ्रीस्टार आजको खेलमा विजयी भए लिगको शीर्ष स्थानमा उक्लने छ । त्यसो त समान खेलबाट २४ अंक जोडेको झापा ११ ले आजको खेलमा थ्री स्टारलाई पराजित गरेमा शीर्ष स्थानको नेपाल आर्मी सँग अंक बराबरी गर्ने छ । जारी लिगमा २७ अंक जोडेको नेपाल आर्मी शीर्ष स्थानमा रहदा २६ अंकको थ्रीस्टार दोस्रो तथा २५ अंक भएको मनाङ मस्र्याङदी तेस्रो स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण