गृहपृष्ठ » मुख्य समाचार, समचारदसैंसम्मका लागि थरुहट/थारुवान संघर्ष समितिको बन्द हडताल फिर्ता

दसैंसम्मका लागि थरुहट/थारुवान संघर्ष समितिको बन्द हडताल फिर्ता

October 10, 2015१३२ पटक

कैलाली, असोज २३ – थरुहट/थारुवान संघर्ष समितिले दसैं तिहारलाई मध्यनजर गर्दै आफ्नो बन्द र चक्काजामको कार्यक्रम फिर्ता लिएको छ ।

धनगढीमा पत्रकार सम्मेलन गर्दै थरुहट/थारुवान संघर्ष समिति कैलालीका प्रवक्ता माधव चौधरीले दसैंसम्मका लागि कैलाली भित्र बन्द र हडताल फिर्ता लिएको बताउनुभयो । उहाँले कैलालीको कुनै पनि स्थानमा यात्रुबाहक सवारी साधनहरु र मालवाहक ट्रकहरु निर्वाध चल्न दिने जानकारी गराउनुभयो ।

पत्रकार सम्मेलनमा उहाँले यो पटकको दसैंलाई कालो दसैंका रुपमा मनाउने निर्णय गरीएको प्रवत्ता चौधरीले बताउनुभयो । सरकारी, गैरसरकारी तथा सार्वजनिक स्थलमा थरुहट/थारुवान स्वायत्त प्रदेशको भित्ते लेखन जारी राख्ने पनि पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

अहिले खेतिपाती भित्र्याउने बेला भएकाले खेतमै पनि कालो झण्डा गाडेर अन्नबाली स्याहार निर्णय गरिएको संघर्ष समितिले जनाएको छ । कात्तिक १५ गतेसम्म जनजागरण अभियान सञ्चालन गर्ने, २८ गते कैलालीको पश्चिमी कमाण्ड र ३० गते पूर्वी कमाण्डमा युवा स्वयम् सेवकलाई राजनीतिक वैचारिक प्रशिक्षण दिने र राज्यलाई असहयोग अभियान सुरु गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण