गृहपृष्ठ » बिचार/ब्लग, मुख्य समाचार, शिक्षाहृदयघातबाट यसरी बच्न सकिन्छ

हृदयघातबाट यसरी बच्न सकिन्छ

October 10, 2015४९८ पटक

hemraj-koirala

-डा. हेमराज कोइराला ।

हृदयघात, मुटुलाई रगत आपूर्ति गराउने कोरोनरी धमनी वा धमनीका शाखाभित्रै अकस्मात रगत जम्न गई रगतको थेग्लाले धमनी थुनिदिँदा थुनिएको भाग भन्दा अगाडि हृदयका मांशपेशीहरू अक्सिजन र अन्य पोषकतत्वहरूको अभावमा मर्नगई देखापरेको आपतकालिन समस्या हो ।

यो समस्या अकस्मात देखापर्ने भएपनि यसको पछाडि लामो सिलसिला जोडिएको हुन्छ । विशेषतः कोरनरी धमनीभित्रै आफै रगत जम्नुको पछाडि धमनीका भित्ताहरूमा लामोसमयदेखि कोलेस्टेरेल क्याल्सियम र मृत्तकोषहरू जम्मा भएर धमनी साँघुर्याउने, अथेरोस्केलेरोमिस भन्ने रोग जिम्मेवार छ ।

उपरोक्त पदार्थहरू जम्मा भएर धमनी सागुरिएको ठा“उमा धमनीले आफ्नो लचकता गुमाउछ र तन्तुहरू लाई रगतको माग ज्यादा भएको अवस्थामा फैलिएर अतिरित्त रगत आपूर्ति गर्न सक्दैन । यसो हुदा साघुरिएको ठा“उमा नसाको भित्रिपत्र जसलाई इन्टिमल लेयर भनिन्छ, च्यातिन पुग्छ र रगत क्याल्सियम र कोलेस्टेरोल बनाएको खस्रो सतहको सम्पर्कमा आइ नसाभित्रै जम्न पुग्छ फलतः जमेको रगतको थेग्लाले पुरै धमनीलाई थुनिदिन्छ र थुनिएको भाग भन्दा अगाडि धमनीले आपूर्ति गरेको हृदयतन्तहुरू अक्सिजन र पोषक तत्वको अभावमा मर्न जान्छन् । यसरी हृदयतन्तुहरू मर्न जादा मुटुले रगत पम्प गर्न सक्दैन । साथै अन्य संवेदनशिल अगंहरूमा पनि रक्त आपूर्ति हनु नसक्दा व्यक्तिको मृत्यु हुन जान्छ । अधिकतर हृदयघात मुटुलाई ज्यादा दवाव पर्ने अवस्थाहरू जस्तै चिल्लो खाना पेटभरी खाएको, रिसाएको, दुखी भएको, तनावमा परेको, विहानको समयमा, खाना खाएर सुतेको अवस्थामा र एन्जियो प्लाष्टिक वा अन्य हृदयका शल्यक्रिया गर्दागर्दै हुने गर्दछ ।
.
हृदयघातका जोखिमहरू
हृदयघातका जोखिमहरूलाई उल्ट्याउन सकिने र उल्ट्याउन नसकिने गरेर दुई समूहमा विभक्त गरिएको छ । उल्ट्याउन सकिने जोखिमहरूको मूख्य कारण भनेको अव्यवस्थित जीवनशैली हो । अव्यवस्थित जीवनशैलीकै कारण ७५ प्रतिशत मुटुरोग र ९० प्रतिशत हृदयघात सम्वन्धि मुटुरोग लाग्ने कुरा विभिन्न अनुसन्धानबाट प्रमाणित भइसकेको छ । उल्ट्याउन सकिने जोखिमहरूमा मानसिक तनाव, चिन्ता, भय र उदाशिनता, उच्चरक्त, कोलेस्टेरोल, ट्राइगिलिस्राइड, एलडिएल र निम्नरक्त एचडिएल, कम एन्टिअसिडेन्ट भएको खाना, उच्चरक्तचाप, मधुमेह, मोटोपन, व्यायम र श्रमको कमी र धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन, खानामा रेसा र चोकरहरूकोकमी र टायप ए व्यक्तित्व आदि हुन । उल्ट्याउन नसकिने जोखिमहरूमा उमेर लिंग र अनुवंशीक प्रभावहरू पर्दछन् । तर, आज हृदयघातको विरक्तलाग्दो तथ्यांक वृद्धिमा उल्ट्याउन नसकिने भन्दा उल्ट्याउन सकिने जोखिमहरूको मूख्य योगदान छ । विज्ञहरू भन्छन् कम उमेरमा भइरहेको हृदयघातको उत्प्रेरक भनेकै हाम्रो अप्राकृतिक जीवनशैली (भोजन, व्यायम, विश्राम, विचार र व्यवहारको अव्यवस्थापन) हो । मानव र प्रकृति विचको वढ्दो दुरी, वातावरणिय प्रदूषण, मानसिक तनाव, गरिष्ठ भोजन, श्रम र व्यायमवाट पन्छिने अल्छि वानी आफ्ना हठ अडान र निर्णयप्रति अडिग रहने हठी व्यक्तित्व, शरीरको आवाज (आहार निन्द्रा, भय मैथुन) जस्ता प्राकृतिक चाहनाहरूको उचित व्यवस्थापन गर्न नसक्नु जस्ता जीवनशैलीस“ग सम्वन्धित कारकतत्वहरू हृदयघात लगायत अन्य मुटुरोगहरूको मुख्य कारक हुन् ।
.
हृदयघात
जीवनशैली परिवर्तन
जीवनशैली परिवर्तन गरेर हृदय रोग र हृदयघातको जोखिमलाई कम गर्न सकिन्छ भनि वैज्ञानिक तथ्य र आधारहरू सहित हृदयरोगको सफल उपचार गर्ने पहिलो व्यक्ति अमेरिकी चिकित्सक डा. डिनअर्निश हुन् । जीवनशैली परिवर्तन भनेको भोजन, व्यायम, विश्राम, विचार र व्यवहारको हृदयमैत्री हुनेगरी ठीक समायोजन गर्नु हो ।
.
भोजन व्यवस्थापन
मुटुरोग तथा हृदयघातवाट वच्नका लागि भोजन व्यवस्थापनको ठूलो महत्व छ । भोजनकोमात्रा भोज्यपदार्थहरूको छनौट व्यक्तिको प्रकृति, विकृति (रोग), बल, वय (उमेर), सत्व (मानसिकता) आदिको आधरमा हुन अति आवश्यक छ । कार्वोहाइडेड, प्रोटिन, भिटामिन, लिपिड र खनिज तथा लवणहरूको उचित मात्राले यूक्त क्षेत्रिय र मौसमी खाद्यन्नहरू मुटुरोगका लागि राम्रो मानिन्छ । चमल, गहु, मकै, आलु पिडालु सुठूनी, चिनी, आटा आदिवाट कार्वोहाइडेड प्राप्त हुन्छ । घिउ, तेल र तेलिय खाद्यवाट लिपिड प्राप्त हुन्छ । माछामासु र गेडागुडी प्रोटिनको श्रोत हुन भने फलफूल, मौसमी तरकारी, हरिया सागसव्जी, कलेजो, अण्डा र रातो मासु भिटामिनको श्रोत हुन् ।

१.घिउ, तेल, नौनी, छाली, वटर र वोसो जस्ता जंगम श्रोतवाट पाइने चिल्लो पदार्थहरूको सेवन गर्नु हुदैन । खाना पकाउन अत्यान्त कम वनस्पती तेलहरूको उपयोग गर्नुपर्छ। शुद्धतोरी वा सूर्यमुखीको तेल अन्य भन्दा उत्तम छन् ।

२.मुटुरोगीले पूर्ण शाकाहारी हुन जरूरी छ । माछामासुमा पाइने वोसोले कोलेस्टेरोल वढाउन मद्दत गर्छ । माछामासु छाड्न नसक्नेले खसी, राँगा, वंगुर जस्ता ठूला जनावारका मासु छाडेर माछा वा लोकल कुखुराको मासु तेल नहाली उसिनेर १५ दिनमा एकपल्ट, थोरै मात्रामा खान सक्छन् ।

३.नदेखिने चिल्लो पदार्थका श्रोतहरू, बदाम, काजु, मुङ्फली, नरिवल जस्ता तौलिय फलहरू खानु हुदैन ।

४. तौल ज्यादा भएकाहरूले कम क्यालोरी भएका खानाहरू खानु पर्दछ । चाउचाउ, बिस्कुट, नुडल्स्, कार्बाेनिकपेय र अल्कोहलिकपेय जस्ता खालीक्यालोरी दिने पदाथ मुटुको लागी राम्रो होइन ।

५. पेटभरी खाने बानी त्यागेर पेटको आधाभाग ठोस र चौथाइ भाग तरल पदार्थले भर्नु पर्छ भने चौथाइ भाग वायु संचरणकालागी खाली छोडिदिनु पर्छ । ठोस भोजन दिनको दुइ पटक मात्र होस् । रात्रीकालिन भोजनमा अन्नको मात्रा जति सक्दो कम होस् । अन्नको सट्टा दाल, तरकारिको सुप, उसिनेको सागसब्जी र तरकारी जस्ता चाडै पच्ने खाना खाने गरौ ।

७. खानामा नुनको मात्रा दुई—तीन ग्राम मात्र होस् । अजिनामोटो, सोडियोवाइकार्वोनाइड र सोडियमवेन्जोएट जस्ता वेकिङ पाउडरको प्रयोग मुटु मैत्री होइन । अचार, आलुचिप्स, कुरकुरे, पाँउ जस्ता अतिरिक्त लवण राखिएका खाद्ययपदार्थले मुटु रोगको जोखिम बढाउँछ ।

८. खानमा रेसा र चोकर युक्त खाद्यानहरूको समायोजन हुन जरूरी छ । सलाद, हरीया सागसब्जि, चोकरयूक्तपीठो, रातोचामल, सग्लै अन्नहरूमा रेसाको मात्रा ज्यादा हुन्छ । हरीया कलिला मौसमि साग, अंकुरीत गेडागुडि वा जमरामा एण्टिअक्सिडेन्ट को मात्रा ज्यादा हुन्छ । एन्टिअक्सिडेन्टले थुनिएका नसा खोल्न र घात पछिको घाउ निको पार्न मुख्य भुमिका खेल्छ ।
.
व्यायाम ब्यस्थापन
१. मुटुरोगीले ब्यायाम गर्न भनेर कहिले पनि कठिन ब्यायाम वा श्रम गर्नु हुदैन । अंग ब्यायाम, रिढ ब्यायाम, सिथिलिकरण ब्यायाम, प्रातः ग्रमण जस्ता हल्का ब्यायाम नियमित गर्नु पर्छ ।

२. दक्ष योग गुरूबाट मुटुरोगीले गर्ने योग सिकेर नियमित योग आसन र प्रणायाम गर्नाले हृदयघातको जोखिम कम गर्नुका साथै मुटुरोग उल्ट्याउन पनि मद्दत गर्छ ।
३. ब्यायामलाई दिन चर्याको मुख्य अंग बनाउनु पर्छ । ब्यायाम गर्ने भनेर एकै दिन धेरै गर्ने, कहिले गर्ने कहिले नगर्ने वा मुढे बल लगाएर ब्यायाम गर्नु हुन्न ।
.
बिश्राम व्यबस्थापन
१. मुटु रोगीका लागी बिश्राम, भोजन र व्यायाम भन्दा पनि महत्त्वपुर्ण छ । राति चाढै खाना खाने र खाएको तीन घण्टा (पेट खाली भएपछि) मात्र सुत्ने गर्नु पर्छ । निद्रा नआउनेहरूले चिकित्सकको सल्लाह अनुसार औषधि खाएर भएपनि सुत्ने प्रयास गरौं । दिउसोसुत्ने, विहान अबेरसम्म सुत्ने, राति चाढै नसुत्ने, र खानाखानेबित्तिकै सुत्ने बानी मुटुका लागी खतरनाक मानिन्छ ।

२. शारिरिक तथा मानसिक रूपले विश्राम लिनका लागी योग आसन, योग निद्रा, माइन्ड साउन्ड रेसोनेन्ट टेक्निक (MSRT), प्राणिक इनरजाईजीङ्ग टेक्निक (PET), सेल्फ मेनेजमेन्ट अफ एक्सेसिभ टेन्सन (SMET), जेकब्सन प्रोग्रेसिभ मसल्स् रिल्याक्सेसन टेक्निक (JPMRT) डिप रिल्याक्सेसन् टेक्निक (DRT), क्विक रिल्याक्सेसन टेक्निक (QRT), ईन्स्टेन्ट रिल्याक्सेसन् टेक्निक (IRT) जस्ता बिश्रामका विधिहरू सिकेर अभ्यास गर्ने गरौं ।
३. सम्पूर्ण शरिरको मालिस, तैल अभ्यङ्ग, वाष्पस्नान, सउना स्नान, फोहोरा स्नान, पौडिनु, तैरीनु जस्ता उपचार पद्धतिले बिश्रामलाई बढाउँछ ।
.
विचार व्यावस्थापन
वैचारिक स्तरमा आएको हरेक परिवर्तन हृदयमा प्रतिविम्वित हुन्छ । हजुर हास्दा हृदय हास्छ, हजुर रूदा हृदय रून्छ । क्रुद्ध र भावुकहुदा हृदयपनि विचलित हुन्छ । रूग्न मानसिकता भएकाहरूको हृदय पनि चाढै रोगी हुन्छ भने स्वस्थ्य विचारको अभ्यासले हृदयलाई पनि स्वस्थ्य राख्न सहयोग गर्छ ।

१. हृदयरोगवाट बच्न अव्यवहारिक र पुरानहुने महत्वकांक्षावाट बच्नुपर्छ । आफ्नो मनको भावनाहरू सम्वधोन गर्न, अरूको भावनाहरूको सम्मान गर्न, समाज र परिवारको मान्यताहरूस“ग समन्जस्य गर्न सिक्नुपर्छ । धेरै सम्पति र नाम कमाउने वा उन्नती गर्ने चाहनामा आफुलाइ तिरोहित गर्नु हुदैन ।

२. सकारात्मक चिन्तन हृदयको लागि ठूलो ओखती हो । राम्रा र नराम्रा पक्ष हरेक घटनाहरूको दुई अभिन्न पाटा हुन । हरेक घटना वा व्यक्तिको राम्रो पक्षलाई केलाउने वानी मुटुको लागि राम्रो हो ।

३. विहान वेलुकी कम्तिमा २० मिनेट निर्विचार हुने कोसिस गरौं । निर्विचार साधानाले हृदयलाई शान्ति दिन्छ । । योग निद्रा, जप, प्रार्थाना, वा एकान्तबास जस्ता साधना नियम पुर्वक दक्ष गुरूबाट सिकेर निरन्तर गर्ने गरौं यसले तनाब कम गर्न सहयोग गर्छ ।

५. तनाब व्यवस्थापनको नाममा चुरोट, सुर्ति, जाड रक्सि, वा अन्य नसालु पदार्थको सेवन गरेर आफुलाई भुलाउन नखोजौ
.
ब्यबहार ब्यबस्थापन
हृदय हरेक ब्यबहार, घटनाक्रम र दिनचार्यको साक्षी हो । तपाँईको मनको कुरो मस्तिस्कले ढाट्ला तर हृदयले दुधको दुध पानीको पानी बताई दिन्छ भने अनियमित दिनचार्यको भार पनि हृदयले प्रस्ट पारि दिन्छ । यसर्थ हाम्रो दिनचार्य र आनिबानी हृदय मैत्रि हुन जरूरी छ ।

१. बिहान ब्रम्ह मुहर्तमा (घाम झुल्किनुभन्दा ९६ मी. अगाडि देखि घाम झुल्किदा सम्मको समय) उठिसक्ने, उठ्ने बित्तिने दुई गिलास मनतातो पानी पिउने, तत् पश्चात मलमुत्र विशर्जन गरी सुचीनिची भई दाँत माझि व्यायाम को लागी तयार हुनु पर्छ ।

२. ब्यायाम पश्चात हल्का खाजा खाएर दैनिक गर्नुपर्ने कामहरूलाई व्यबस्थित गर्न कार्यतालिका बनाउन जरूरी छ । यसो गर्दा कार्य ब्यबस्थापन सुचारूभई अतिरिक्त तनाबबाट बच्न सकिन्छ ।

३. बेलुका साढे छ देखि सात बजे भित्र खाना खाई सक्ने । त्यसको तीन घण्टा पछि मात्र सुत्न जाने गर्नु पर्छ ।

४. नाम र दामको पछाडि मरीहत्ते गर्नेबानी मुटुकालागी राम्रो होइन । ईमान, जमान नैतिकता र धर्मलाई आत्मसाथ गर्दै जति जे हुन्छ त्येसैमा सन्तोष गरौं ।

५. आफ्नो ब्यक्तिवलाई लचकदार र सर्वप्रिय बनाउँ । अहंकार, घमन्ड र मपाईत्वलाई प्रशय नदिउँ । सानालाई माया र ठुलालाई आदार गरौं । दुःखिहरूसँग करूणा, आनन्दितहरूसँग मित्रता, सज्जनहरूसँग मुदित राखौं भने दुर्जनहरूको वास्तै नगरौं ।

६. आफ्ना गल्ति तथा भुलहरूलाई फेरी नगर्ने संकल्पका साथ भुलौ । विगतमा भएका कुराहरूलाई लिएर तनावग्रस्त हुने नगरौं । ईख लिने, बैरत्व राख्ने, मनमालागेका कुरा नभन्ने र भावानाको दमन गर्ने ब्याक्त्ति हृदय रोगको सिकार हुन सक्छ ।

ईमेलः hemraj.koirala@gmail.com
(साभारः नेपालपाटी, फोटोः हिमाल खबर पत्रिका)

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण