मधेस केन्द्रीत दलले प्रधानमन्त्रीको मतदानका विषयमा आधिकारिक निर्णय गर्दै ।।
संसदमा मतदान गर्ने विषयमा मधेसी दलहरूले आज आधिकारीक निणर्य गर्ने भएका छन् । नेपाली कांग्रेसका सभापति तथा कामचलाउ प्रधानमन्त्री सुशील कोइरालालाई समर्थन गर्ने अनौपचारीक सहमति गरेका मधेसकेन्द्रित दलले आज औपचारीक निर्णय गर्ने भएका छन् । त्यसका लागि अहिले केहीबेरमा मोर्चाको बैठक बस्दैछ । दुईवटा मधेसी मोर्चाले प्रधानमन्त्रीको उम्मेदवारमा कसलाई मत दिने औपचारिक निर्णय नगरे पनि कोइरालाले उनीहरूकै आसमा उम्मेदवारी दिएको कांग्रेसका नेताहरूले बताएका छन् । आन्दोलनरत मोर्चाको बैठकले बिहान निर्णयले तमलोपाका प्रवक्ता सर्वेन्द्रनाथ शुक्लले कोइरालासँग पटक पटक छलफल भएको तर आधिकारीक निर्णय भइनसकेको बताउनुभयो । उहाँले बिहान तमलोपाको कार्यालयमा बस्ने बैठकले निर्णय लिने पनि बताउनुभयो । त्यस्तै विजयकुमार गच्छदार नेतृत्वको अर्को मोर्चाले पनि अहिले बिहान बैठक बसेर निर्णय गर्दैछ । विभिन्न मधेसी दलहरूसँग ५७ जना सांसद छन् । केही दिन अघिसम्म संसदमा नआउने बताइरहेका मधेसी दलहरू नयाँ प्रधानमन्त्री चुन्ने कार्यतालिका सार्वजनिक भएपछि विना सर्त सदनमा आएका हुन् ।