गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचारटर्कीमा भएको बिस्फोटनमा परी ९५ जनाको मृत्यु

टर्कीमा भएको बिस्फोटनमा परी ९५ जनाको मृत्यु

October 11, 2015१७७ पटक

असोज २४ – टर्कीको राजधानी अंकारामा भएको बिस्फोटनमा परी ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ । २ सय ४५ जना घाइते भएका छन् । ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने सरकारी अधिकारीले बताएका छन् ।

शनिबार अंकाराको मुख्य रेलवे स्टेसनको नजिक शान्ति र्‍याली भैरहेका बेला बिस्फोट भएको थियो । कुर्द लडाकुको संगठन पिके र सरकारबीच जारी आन्दोलन अन्त्यको माग गर्दै र्‍याली निकालिएको बेला दुई वटा बिस्फोट भएको हो । कुर्द लडाकु समर्थक एचडिपी पार्टीले आक्रमण हुनुमा सरकारी अधिकारी दोषी रहेको भन्दै आफ्नो सबै चुनावी र्‍याली रद्द गरेको घोषणा गरेको छ । टर्कीमा आमचुनाव नजिकिएका बेला बिस्फोट भएको हो ।

घटनापछि टर्कीका प्रधानमन्त्री अहमत डभुतोग्लुले  तीन दिने राष्ट्रिय शोकको घोषणा गर्नु भएको छ । उहाँले यो आक्रमण आत्मघाती हमला भएको बताउनुभएको छ । यस्तै राष्ट्रपति रेचेप ताइप एर्दोआनले घटनालाई आतंकवादको शंज्ञा दिँदै आफ्नो तुर्कमेनिस्तानको भ्रमण रद्द गर्नु भएको छ ।  टर्कीमा शनिबार भएको घटनालाई अहिले सम्मकै सबैभन्दा घातक आक्रमण भएको मानिएको छ ।

– एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण