गृहपृष्ठ » कृषि, पत्रपत्रीका, मुख्य समाचारबारपाक बासीलार्इ औषधि अभाव जडिबुटीको सहारा

बारपाक बासीलार्इ औषधि अभाव जडिबुटीको सहारा

August 7, 2015५७४ पटक

गोरखा २२ साउन – गोरखाकोको बारपाक गाविस ६ की साढे तीन वर्षीय मेरिस्का घले जन्डिसले थलिएको २० दिन भयो । उनको आँखा, नङ र शरीर पनि पहेलो भइरहेको छ । ‘समयमै औषधि नपाउँदा उनी लामो सयदेखि थलिनुपरेको हो,’ स्थानीय तेजबहादुर घले भन्छन्, ‘समयमै उपचार नपाउँदा उनले शरीर गल्दै गएको छ ।’

औषधिको नाममा उनकी आमा सीताकुमारीले जंगलबाट खोजेर ल्याएको चुत्रोको जरा, कुड्कीको बोक्रामात्र खुवाइएको उनले बताएको अन्नपूर्ण पोस्टमा खबर छ ।

बारपाकमा जन्डिस फैलिएर एक महिना भइसकेको छ । अहिलेसम्म यहाँका करिब एक सय ५० जना बालबालिकामा जन्डिस भएको उनको भनाइ छ । पर्याप्त औषधि नहुँदा स्थानीयले रागार सामुदायिक बनबाट जडिबुटी ल्याएर खुवाउने गरेका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण