गृहपृष्ठ » सूचना प्रविधीएक घण्टाभित्रमा हात नलागे मोबाइल सित्तैमा

एक घण्टाभित्रमा हात नलागे मोबाइल सित्तैमा

October 11, 2015२३० पटक

Mobile

यो पो हो द्रुत सेवा भनेको । चिनिया मोबाइल निर्माता कम्पनी वनप्लसले गज्जबको द्रुत सेवा सुरु गरेको छ । जस अनुसार अर्डर गरेको एक घण्टाभित्रमा उपभोक्ताको हातमा मोबाइल पूराउन नसकेमा उक्त मोबाइल सित्तैमा दिइनेछ ।

वनप्लसले भारतको बैंगलोरमा यस्तो सेवा संचालन गरेको हो । कम्पनीको स्मार्टफोन वनप्लस वनको डेलीभरीका लागि बैंगलोरमा ६० मिनेटको समय तोकिएको थियो ।

ग्राहकले अर्डर गरिसकेपछि अब कम्पनीका कर्मचारीले केवल एक घण्टाभित्रैमा क्रेताको हातमा पूराइदिने तर यदि डेलिभरीमा त्यो भन्दा बढि समय लाग्यो भने कम्पनीले उक्त उपभोक्तालाई वन प्लस वन स्मार्टफोन सित्तैमा दिने बताइएको थियो ।

तर विडम्बना यो अफर सधैका लागि भने होइन । केवल तीन दिनका लागि संचालन गरेको यो अफर शनिबार सकिइसकेको छ । गत बिहिबारबाट सुरु भएको उक्त अभियानका क्रममा कति जना उपभोक्ताले सित्तैमा स्मार्टफोन पाए भन्ने चाहीँ खुलाइएको छैन ।

ब्लु हर्न मोबाइल एप मार्फत अनलाइन अर्डर गर्नेहरुका लागि मात्र यो अफर उपलब्ध गराइएको थियो । भविष्यमा यस्तो सेवा भारतको बैंगलोरमा मात्र नभै अन्य देश तथा ठाउँहरुमा पनि संचालन गरिने कम्पनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण