गृहपृष्ठ » अार्थिक, कृषि, मुख्य समाचार, समचारचाडपर्वमा टेलिकमले ल्यायो छुटको बहार, पोष्टपेड मोबाइलमा निःशुल्क डाटा

चाडपर्वमा टेलिकमले ल्यायो छुटको बहार, पोष्टपेड मोबाइलमा निःशुल्क डाटा

October 11, 2015३८६ पटक

२४ असोज, काठमाडौं । मुलुकको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले नेपालीहरुको महान चाडपर्वको अवसरमा आफ्ना सेवाहरुमा विभिन्न अफर तथा छुटको बहार ल्याएको छ ।

NTCटेलिकमले जीएसएम तथा सिडिएमए पोष्टमेड मोबाइलमा असोज २८ गतेदेखि कार्तिक २८ गतेसम्म एक महिना ५० एमबी डाटा निःशुल्क डाटा उपलब्ध गराउने भएको छ ।

टेलिकमले ९० रुपैयाँमा ५० रुपैयाँ बराबरको टक भेलु हुने गरी सिम तथा रिम कार्ड उपलब्ध गराउने भएको छ । यो अफर कार्तिक १ गतेदेखि सुरु हुने कम्पनीले जनाएको छ । यसअघि कम्पनीले २ सय रुपैयाँमा सय रुपैयाँ बराबरको टक भेलुसहितको सिम तथा रिम कार्ड बिक्री गर्दै आएको थियो ।

कम्पनीले हाल वितरण गर्दै आएको २ सय बराबरको टक भेलुसहितको सिम तथा रिमकार्ड असोज ३० गतेसम्म एक्टिभ नगरे स्वतः ५० रुपैयाँमा झर्नेतर्फ ग्राहकलाई सचेत गराएको छ ।

जीएसएम तथा सिडिएमए मोबाइल सेवामार्फत कम्पनीकै नेटवर्कभित्र हुने कलमा १० प्रतिशत छुट उपलब्ध गराएको छ ।

मोबाइल सेवाविद्यमान महसुल दरछुट पश्चात हुने दरछुट अवधि
जीएसएम/सिडिएमए पि्रपेड मोबाइलरु. १.५०रु. १.३५असोज २६ देखि कार्तिक ९ गतेसम्म र कार्तिक २५ देखि मंसिर १ गतेसम्म
जीएसएम/सिडिएमए पोष्टपेड मोबाइलरु. १रु. ०.९०

कम्पनीको हाल जीएसएम तथा सिडिएमए मोबाइल सेवामा प्रति एसएमएस १ रुपैयाँ रहेकोमा असोज २६ गतेदेखि कार्तिक ९ गतेसम्म र कार्तिक २५ गतेदेखि मंसिर १ गतेसम्म दैनिक रुपमा हुने कुल एसएमएसवापत त्यति नै संख्यामा बोनस एसएमएस कम्पनीको नेटवर्क भित्र प्रयोग हुने गरी भोलीपल्ट उपलब्ध गराउने भएको छ ।

उक्त बोनस एसएमएसको समयावधि एक दिन रहने बताइएको छ । उक्त बोनस अफर सर्ट कोड एसएमएसहरुमा भने लागू नहुने कम्पनीले स्पष्ट पारेको छ ।

जीएसएम तथा सिडिएमए पोष्टपेड र प्रिपेडका ग्राहकहरुलाई दशैं, तिहार र छठ पर्वमा निम्न डाटा अफर उपलब्ध गराउने भएको छ ।

सेवा महसुल दरडाटा भोल्युमसमयावधिलागू हुने समय
जीएसएम पोष्टपेड/पि्रपेडरु. ५०२०० एमबी७ दिनकर्तिक ३ देखि ९ गतेसम्म कार्तिक २५ देखि मंसिर १ गतेसम्म
सिडिएमए पोष्टपेड/पि्रपेडरु. ५०३०० एमबी७ दिन

टेलिकमका स्थानीय टेलिफोन सेवाहरु पिएसटिएन/सिडिएमए सी-फोन पोष्टपेडमा थप सय कल निःशुल्क उपलब्ध हुने भएको छ । अहिले मासिक २ रुपैयाँ १७५ कल निःशुल्क उपलब्ध रहेकोमा अब २७५ कल निःशुल्क प्राप्त हुने भएको छ ।

टेलिकमले दशैं, तिहार तथा छठको समयमा भेलिडिटी सकिने भोल्युम बेस्ड तथा अनलिमिटेड एडीएसएल ग्राहकहरुलाई समयावधी थप गरेको छ । वाइम्याक्स ग्राहकको हकमा डाटा भोल्युम बाँकी भएको तर भेलिडिटी सकिएको खण्डमा पनि समयावधी सकिएको छ ।

समयभेलिडिटी सकिने समयथप हुने अवधि
दशैंकार्तिक ३ देखि ९ गतेसम्मकार्तिक १० गतेसम्म
तिहार तथा छठकार्तिक २५ देखि मंसिर १ गतेसम्ममंसिर २ गतेसम्म

टेलिकमले वाइम्याक्स सेवामा विद्यमान प्याकेजको सट्टामा असोज २६ गतेदेखि विभिन्न प्याकेजहरु उपलब्ध गराएको छ ।

समयावधिभोल्युममहसुल दर
१ महिना५ जीबीरु. ६५०
३ महिना१५ जीबीरु. १,५००
६ महिना३० जीबीरु. ३,३००
१२ महिना६० जीबीरु. ५,३००
१२ महिना१२० जीबीरु. ८०००
१२ महिना२०२ जीबीरु. १२,७५०
१२ महिना३३६ जीबीरु. २०,४००

जीएसएम मोबाइलमार्फत ब्यालेन्स क्वायरी, एफएनएफ आदि सुविधाहरु प्राप्त गर्नका लागि सर्टकोड १४०० मा प्रति एसएमएस १ रुपैयाँ लाग्दै आएकोमा असोज २६ गतेदेखि निःशुल्क प्रदान गर्ने टेलिकमले जनाएको छ ।

टेलिकमले मार्थि उल्लेखित सेवाहरुमा नेपाल सरकारको नियमानुसार लाग्ने कर समावेश नगरेको बताएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण