गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, राजनीतिराप्रपामा को बने खसी–बोका !

राप्रपामा को बने खसी–बोका !

October 12, 2015२५० पटक

संसद्मा केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न नदिन दशैंका खसी–बोकाझैं सभासद् खरिदबिक्रिको खेल भएको चर्चा चलिरहेकै बेलामा पनि उनको पक्षमा बहुमत जुटेर उनी चुनिइसकेका छन् । चुनिएकै दिन २०७२ असोज २४ गते उनलाई समेत मत दिएको राष्ट्रिय प्रजातन्त्र पार्टीमा भने केन्द्रीय सदस्यहरूको खरिद बिक्री भएको आरोप– प्रत्यारोप चलेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको आधिकारिकता बिवादमा निर्वाचन आयोगमा लोकेन्द्रबहादुर चन्दको पक्षमा ५६ केन्द्रीय सदस्य हस्ताक्षर सनाखत गरेका छन् । चन्दपक्षका केन्द्रीय सदस्य महेश्वर रोकाका अनुसार पशुपतिशमसेर राणा समूहले केही केन्द्रीय सदस्यलाई प्रलोभन दिएर आउन रोकेपनि ९९ सदस्यीय केन्द्रीय समितिमा ५६ केन्द्रीय सदस्यले सनाखत गरेको बताए । समाचार आजको साँघुमा छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण