गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, राजनीतिरामवरण र ‘रअ’ छिरेपछि कांग्रेसको सत्यानाश

रामवरण र ‘रअ’ छिरेपछि कांग्रेसको सत्यानाश

October 12, 2015२४८ पटक

अन्ततः नेपालमा राष्ट्रवादीहरूको एकता बिजयी भएको छ । तर राष्ट्रवादले जितेबापत मुलुक र जनताले अझै ठूलो मूलय चुकाउनुपर्ने हुन सक्छ । जसरी संविधान जारी गरे बापत मुलुकले नाकाबन्दीको सजाय भोग्नुपरेको छ, त्यसैगरी राष्ट्रवादीले जिते बापत थप कष्ट उठाउनु पर्ने हुन्छ । तर राष्ट्रिय स्वाभिमान जोगिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न नदिन भारतको सिंगो सरकार नै लागेको थियो । भारतीय खुफिया एजेन्सी ‘रअ’ का पूर्व प्रमुख एबी माथुर एक सातादेखि पाँचतारे होटलमा अड्डा जमाएर बसेका थिए । ९३ करोड भा सांसद् खरिद बिक्रीका लागि छुट्याइएको चर्चा पनि खुबै चल्यो । तर, पनि यसपटक देशभक्तहरू एकजुट भए । अन्ततः भारतीय खुफिया एजेन्सीको एजेन्टका रूपमा खडा गरिएका कांग्रेस सभापति सुशील कोइरालाको बहिर्गमन अत्यन्त शर्मनाक रूपमा भएको छ । कांग्रेसका अधिकांश नेता कार्यकर्ताहरूले कुनै हालतमा उम्मेदवारी दिनुहुँदैन भन्दाभन्दै कोइराला किन खडा भए? कसैले पनि यसको जवाफ भेटेको छैन । कांग्रेस नेताहरू मोबाइल स्वीच अफ गरेर बसेका छन् । कार्यकर्ताहरू मुख देखाउन नसक्ने भइयो भन्दै रुवाबासी गरेर हिँडेका छन् । आखिर सुशील कोइरालालाई भारतले उम्मेदवार बनाउनुको कारण भनेको अब नेपालका राष्ट्रबादीहरूलाई अप्ठेरोमा पार्ने र राष्ट्रबादी सरकारलाई असफल बनाउने षड्यन्त्र हो । साँघ साप्ताहिकले लेखेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण