गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, राजनीतिसुशील कोइराला प्रधानमन्त्रीमा उठ्नुको कारण यस्तो रहेछ

सुशील कोइराला प्रधानमन्त्रीमा उठ्नुको कारण यस्तो रहेछ

October 12, 2015२४९ पटक

काठमाण्डु, २५ असोज– संविधान निर्माणमा आफनो सहभागिता नपाएर बिच्किरहेको भारत सरकार निर्माणमा भूमिका खेलेर आफ्नो ‘इगो मेन्टे्न’ गर्न चाहन्थ्यो । त्यसैले राजदूत रञ्जित रे मात्र होइन ‘र’का पूर्व स्पेसल सेक्रेटरी एबी माथुर र वर्तमान प्रमुखले नेपालको प्रधानमन्त्री चुनावमा सक्रियता देखाए । उनीहरुले नै बुहमत पुर्‍याइदिने प्रतिबद्धता व्यक्त गरेपछि सुशील कोइराला उम्मेदवारका रुपमा अघि सरे ।Sushil Koirala

सुशील कोइरालालाई रिपोर्टिङ गरिएको थियो, ‘एमाओवादी टुक्रने निश्चित छ । राप्रपा र राप्रपा नेपालले सिंगै कांग्रेसको पक्षमा भोट नहाले पनि ती टुक्रन्छन् ।’ यसरी बहुमत पुग्छ भनेर विश्वस्त गराइएपछि कोइराला अघि सरे ।

महत्वपूर्ण परिघटनामा राष्ट्रपति सधै सक्रिय हुँदै आएका छन् । यसपालि प्रधानमन्त्री चुनावमा पनि उनी निरपेक्ष बस्न सकेनन् । राष्ट्रपतिले शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई शीतलनिवास बोलाएर दाबेदारी नछाड्न अनुरोध गरे र सुशील कोइरालालाइ अघि सर्न उत्साही बनाए ।
–नयाँ पत्रिकाबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण