गृहपृष्ठ » मुख्य समाचार, विशेष, समचाररूपैडिया नाका खुल्यो, पेट्रोलियम पदार्थ बोकेका दर्जनौं गाडी भित्रदै

रूपैडिया नाका खुल्यो, पेट्रोलियम पदार्थ बोकेका दर्जनौं गाडी भित्रदै

October 12, 2015२६७ पटक

नेपालगन्ज, असोज २५ 

भारतको  रुपैडिया  नेपालगन्ज नाका सहज भन्दै गएको छ। आज बिहानैदेखि सहज रुपमा पेट्रोलियम पदार्थका ट्रयाङकर  र मालबाहक ट्रकहरु नेपाल भित्रिरहेको  नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ।

आज  डिजेलका २७ ट्रयाङकर सहित ६७ ट्रक नेपाल भित्रिसकेका छन्। ग्यासका ६ वटा बुलेटसहित दर्जनौ ट्रकहरू नेपाल भित्रिने क्रममा रहेका छन्।

हिजोदेखि नेपालगन्ज नाकाबाट सहज रूपमा डिजेलको आपूर्ति हुन थालेपछि आयल निगम क्षेत्रिय कार्यालय नेपालगन्जले बाँके र बर्दियाका ९०प्रतिशत भन्दा बढी पेट्रोल पम्पहरुलाई आजै साझ करिब २ लाख ८४ हजार लिटर डिजेल बितरण गर्ने भएको छ।

भारतबाट डिजेल लिएर आएका सबै ट्रयाङकरहरुलाई नजिकका पेट्रोल पम्पहरुमा पठाएर तेल बितरण गरी  आजै  साँझसम्म करिब ४० वटा  ट्रयाङकरहरुलाई थप  डिजेल लिनका लागि भारतको गोन्डा डिपोमा पठाउने तयारी भई रहेको आयल निगम क्षेत्रिय कार्यालय नेपालगन्जका प्रमुख श्री चन्द्र श्रेष्ठले जानकारी दिए।

त्यसै गरी नेपालगन्ज नाकाबाट नेपाल भित्रिने क्रममा रहेका ६ वटा ग्यासका बुलेटहरुलाई काठमाडौं पठाउने तयारी भईरहेको प्रमुख श्रेष्ठले बताए।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण