गृहपृष्ठ » मुख्य समाचार, समचारभाग्दै गरेका दुई चोर पक्राउ

भाग्दै गरेका दुई चोर पक्राउ

October 12, 2015१५१ पटक

जिल्ला प्रहरी कार्यालय चितवनले चोरी गरेर भाग्दै गरेका दुईजनालाई सोमबार बिहान पक्राउ गरेको छ ।
बिहान करिब १ बजेको समयमा भरतपुरको बसपार्क क्षेत्रबाट रिक्सा चालकलाई धम्क्याई पैसा चोरेर भागेका भरतपुरका २३ वर्षीय प्रवीणकुमार श्रेष्ठ र स्थानीयवासी सुशील विकलाई पक्राउ गरिएको चिवतन प्रहरीले जनाएको छ।
भरतपुर बसपार्क क्षेत्रमा रिक्सा चालकलाई धम्क्याई पैसा चोरेर भागेको जानकारी आएपछि राति नै खोजी अभियान थालिएको थियो। भरतपुरको बसपार्कमा सुरक्षामा खटिएका प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। उनीहरु अहिले प्रहरीको हिरासतमा छन्। रासस
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण