गृहपृष्ठ » मुख्य समाचार, राजनीतिएमाओवादीमा गृह विवादले बबण्डर

एमाओवादीमा गृह विवादले बबण्डर

October 15, 2015१८५ पटक

काठमाण्डु

आकांक्षीहरु बढेपछि मन्त्री छान्न बसेको एमाओवादी स्थायी कमिटी बैठक अनिर्णित बनेको छ ।एमाओवादी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा बुधबार बसेको स्थायी समितिको बैठकमा नेताहरुले गृहमन्त्रीका लागि हानथाप गरेपछि बैठकले कुनै निर्णय गर्न सकेन ।बैठकमा उपराष्ट्रपति र सभामुखमा भन्दा पनि पार्टीको तर्फबाट सरकारको नेतृत्व गरेर गृहमन्त्री हुने नेताहरुको संख्या बढी भएकाले मन्त्रीहरुको बारेमा टुंगो लाग्ना नसकेको हो ।महासचिव कृष्णबहादुर महरा, सचिव टोपबहादुर रायमाझी र स्थायी समिति सदस्यद्वय शक्ति बस्नेत र जनार्दन शर्माले गृहको दावी गरेका थिए ।बैठकमा देवेन्द्र पौडेल, वर्षमान पुन र हरिबोल गजुरेलले सचिव रायमाझीलाई गृहमन्त्री बनाउनुपर्ने बताएका थिए ।बैठकमा बोल्ने अन्य स्थायी कमिमटी सदस्यहरुले भने महासचिव महरालाई नै गृहमन्त्री बनाउनुपर्ने अडान राखेको एमाओवादी स्रोतले बताएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण