गृहपृष्ठ » मुख्य समाचार, राजनीतिभारतद्वारा नेपाललाई दिने इन्धनमा फेरि कटौती

भारतद्वारा नेपाललाई दिने इन्धनमा फेरि कटौती

October 15, 2015१८३ पटक

काठमाण्डु, २७ असोज– भारतीय आयल कर्पोरेशन (आइओसी) ले नेपाललाई दिने पेट्रोलियम पदार्थमा कटौती गरेको छ ।

Nepal Oil corporation
भारतीय नाकाबन्दीसँगै तेल भर्न रोकेको आइओसीले केही दिनयता इन्धनको अनुपात बढाएकामा बुधबारदेखि फेरि घटाएको हो ।

नेपाल आयल निगमका प्रवक्ता दीपक बरालले इन्धन कटौतीको कारण माग्दा आइओसीले कुनै जवाफ नदिएको बताए ।

‘किन कटौती गरेको भनेर जान्न खोज्दा आइओसी र डिपो काउण्टरहरुले पनि फोन उठाएनन्’, बरालले भने । तेल भर्न आइओसीका विभिन्न डिपोमा लाइनमा बसेकामध्ये १० प्रतिशत ट्यांकरले मात्र लोड पाएको बरालले बताए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण