गृहपृष्ठ » मुख्य समाचार, राजनीतिलिपुलेकमा नेपालको राष्ट्रिय झण्डा गाड्ने अभियानको बागलुङमा प्रचार

लिपुलेकमा नेपालको राष्ट्रिय झण्डा गाड्ने अभियानको बागलुङमा प्रचार

August 4, 2015५३४ पटक

साउन १८ बागलुङ वैद्य नेतृत्वको नेकपा–माओवादी निकट अखिल क्रान्तिकारी बागलुङले दार्चुलाको लिपुलेकमा राष्ट्रिय झण्डा गाड्ने अभियान अन्तरगत बागलुङमा प्रचार प्रसार सुरु गरेको छ । क्रान्तिकारीका जिल्ला अध्यक्ष रिम रोका मगर नेतृत्वको टोलीले ‘लिपु लेक हाम्रो हो’, ‘कालापानी हाम्रो हो’ जस्ता नारा लेखिएका पोष्टर टाँसेर अभियान चलाएको हो । ‘भारत–चीन खबरदार, अखिल क्रान्तिकारी राष्ट्रियताको पहरेदार’ भन्ने नाराका साथ साउन २३ गते जिल्ला जिल्लाबाट लिपु लेकतर्फ प्रस्थान गरिने र २६ गते लेकमा नेपाली झण्डा फहराउने अखिल क्रान्तिकारी बागलुङका अध्यक्ष रोकाले जानकारी दिए । जिल्लाको गाउँ गाउँमा समेत प्रचार कार्यक्रम हुने रोकाको भनाई छ । साउन २६ गते दार्चुला सदरमुकाममा चीन–भारतलाई खबरदारी गर्दै मार्चपास कार्यक्रम गरिने पनि उनले बताए । मुलुकभर राष्ट्रियता र स्वाधिनताको पक्षमा सचेतना फैलाउन, सत्तापक्षलाई दवाप दिन तथा भारत र चीनलाई खवरदारी गर्न जिल्ला सदरमुकामबाट प्रचार कार्यक्रम सुरु गरिएको केन्द्रिय सचिव दिवश खत्रीले बताए । भारत र चीनले नेपाली भूमि लिपुलेकलाई ब्यापारिक नाका बनाउने भनी सम्झौता गरेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण