गृहपृष्ठ » अार्थिक, कृषि, मुख्य समाचार, समचारकेरुङ नाका आजदेखि खुल्दै

केरुङ नाका आजदेखि खुल्दै

October 15, 2015३९९ पटक

Rasuwa-Kerung
२८ असोज, काठमाडौं । चीनसँगको रसुवागढी-केरुङ व्यापारिक नाका करिब ६ महिनापछि खुल्दै छ । बिहीबार बिहान ९ बजे औपचारिक कार्यक्रम गरी नाका सुचारु भएको घोषणा गरिँदैछ ।

१२ वैशाखको भूकम्पपछि आएको पहिरोले क्षति पुर्‍याएको रसुवागढीबाट करिब २६ किलोमिटर सडक चीनले मर्मतसम्भार गरेसँगै बिहीबारबाट भन्सार नाका सुचारु हुन लागेको नयाँ पत्रिकामा खबर छ । यो नाकाबाट लत्ताकपडाबाहेक संकट परेका बेला इन्धन पनि आपूर्ति गर्न सकिनेछ ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवराज कोइरालाको नेतृत्वमा परराष्ट्र, गृह, रसुवा अध्यागमन कार्यालय, रसुवा भन्सार कार्यालयलगायतका पदाधिकारी र चिनियाँ पक्षबीच नाका सुचारु गर्ने विषयमा बुधबार छलफल भएको थियो ।

छलफलमा बिहीबार बिहान नौ बजे औपचारिक कार्यक्रम गरी नाका शुभारम्भ गर्ने निर्णय भएको छ । केरुङ नाका शुभारम्भको अवसर पारेर चीनले करिब एक करोड ५० लाख रुपैयाँबराबरको सामान पनि सरकारलाई हस्तान्तरण गर्ने भएको छ । ‘चीनले सामान दिने निर्णय भए पनि कस्ता सामग्री आउने भन्ने तय भएको छैन,’ नेपाली पक्षका एक सदस्यले भने, ‘तर, भूकम्पपीडितलाई आएका राहत सामग्री हुन सक्छन् ।’

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण