गृहपृष्ठ » मुख्य समाचार, समचारसौरहाको जंगल एड्भेञ्चर वर्ल्डले ल्यायो चाडपर्व अफर

सौरहाको जंगल एड्भेञ्चर वर्ल्डले ल्यायो चाडपर्व अफर

October 15, 2015१२९ पटक

Hotel Jungle Adventures World

२८ असोज, काठमाडौं । चितवनको सौराहास्थित होटल जंगल एड्भेञ्चर वर्ल्ड ‘दशैं तिहार फेस्टिवल अफर’ ल्याएको छ । अफर अन्तर्गत ४ हजार ९ सय ९९ रुपैयाँमा दुई रात तीन दिन सौराहामा बस्न र घुम्न सकिने छ ।

होटलका सेल्स एण्ड मार्केटिङ म्यानेजर मदन भण्डारीका अनुसार प्याकेजमा सहभागी हुनेले लन्च, डिनर र ब्रेक फास्टसहित जंगल सफारीको मज्जा लिन पाउनेछन् ।

आन्तरिक पर्यटकलाई लक्षित प्याकेज कार्यक्रममा सौराहामा हात्ती सफारी, डुंगा सयर, हाती प्रजनन केन्द्रको अवलोकन, सूर्यास्तको अवलोकन, थारु संस्कृति र थारु गाउँ अवलोकन गर्न पाउने होटलका म्यानेजर देवहरि नेपालले बताए ।

उनले भने- ‘भुकम्पपछि थलिएको पर्यटनलाई गतिशिलता प्रदान गर्न यो समयमा आन्तरिक पर्यटकलाई लक्षित गरी दशैतिहार योजना ल्याएका हौं, सौराहामा आन्तरिक पर्यटनको प्रवर्द्धन गर्न यसले महत्वपूर्ण यागदान गर्ने हाम्रो विश्वास रहेको छ ।’ उक्त योजना असोज १ देखि कार्तिक मसान्तसम्म लागू हुने होटल व्यवस्थापनले जनाएको छ ।

त्यस्तै, अर्काे प्याकेजअन्तर्गत २ हजार ९ सय ९९ मा १ रात/दुइ दिन ब्रेकफाष्ट, लञ्च, डिनर, हात्ती सफारी, थारु कल्चरको अवलोकन, बर्ड वाचिङ, सूर्यास्तको अवलोकन गर्न पाइने छ ।

वातावरणमैत्री कोठा, रेष्टुरेन्ट र वाइफाई सुविधासहित यी सबै गतिविधिमा सहभागी हुनसक्ने सेल्स एण्ड मार्केटिङ म्यानेजर भण्डारीले बताए ।

७ करोड रुपैयाँको संयुक्त लगानीमा चितवनका होटल व्यवसायीहरुको नयाँ व्यवस्थापन समूहले १ वर्ष अगाडिदेखि उक्त होटल संचालनमा ल्याएको छ । १ बिगाहा क्षेत्रफलमा फैलिएको राप्ती किनारमा अवस्थित उक्त होटेलमा २६ वटा छुट्टा-छुट्टै कटेज रहेका छन् भने १ सय जना अट्नसक्ने कन्फरेन्स हल रहेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण