गृहपृष्ठ » अन्तर्राष्ट्रिय, देवदह विशेष, मुख्य समाचारयूएई दुतावासमा सार्वजनिक बिदाको दिन दिंदै आएको सेवा बन्द

यूएई दुतावासमा सार्वजनिक बिदाको दिन दिंदै आएको सेवा बन्द

August 7, 2015६२५ पटक

यूएई, साउन २२ – संयुत्त अरब ईमिरेट्स यूएईको आबुधाबी स्थित नेपाली दुतावासले सार्वजनिक बिदाको दिन शुक्रबार दिँदै आएको सेवा बन्द गरेको छ । सेवाग्रहीको चाप घटेपछि दुतावासले दिँदै आएको आफ्नो सेवा बन्द गरेको हो । दुतावासले सेवाग्राहीको चाप बढेको भन्दै गएको डेढबर्ष यता सार्वजनिक बिदाको दिन शुक्रबार समेत कार्यालय खुल्ला राखेर सेवा दिन थालेको थियो ।

दैनिक दुतावासमा आउने सेवाग्राहीको सख्या घटेसँगै कामको चाप पनि कम भएकाले दुतावासले शुक्रबार दुतावास अबदेखि नखोल्ने भएको हो ।

सरकारले कर्मचारी कटौती गरेका कारण दैनिक काम काजका लागि समेत असहज भएकाले हरेक अंग्रेजी महिनाको हरेक पहिलो शुक्रबार दुतावास खुला राखेर सुबिधा दिएको थियो । अब महिनाको एउटा शुक्रबार भएपनि खुल्ला रहने दुतावासमा शुक्रबार मात्र बिदा पाउने नेपालीले सेवा लिन पाउने छैनन । तर हरेक महिनाको शुक्रबार दुतावास खुल्ला रहँदा पछिल्लो केही महिना यता खासै सेवाग्रही नआएकोले दुतावासले दिँदै आएको सेवा बन्द गरेको दुतावासका द्वितिय सचिव कृष्ण अर्यालले उज्यालोलाई जानकारी दिनुभयो  ।

दुतावासले दिंदै आएको सेवा बन्द गरेको सूचना दुतावासको सूचना बोर्ड र दुतावासको वेबसाइट तथा सामाजिक सन्जालहरुमा जारी गरिएकोले दुतावास खुल्ला रहने दिनहरुमा मात्र सेवा लिन दुतावास आउन यहाँ कार्यरत नेपालीलाई दुतावासले अनुरोध गरेको छ ।

यूएईमा कार्यरत नेपाली एमआरपी राहदानीको आवेदन तथा अन्य कामका लागि आउने नेपालीको सख्या बढे सँगै दुतावासमा कामको चाप बढेको थियो । सार्वजनिक बिदाको दिनमा पनि दुतावास खुला गरेर सेवा दिएको बिषयलाई यूएईका लागि दोस्रो नेपाली राजदुतको रुपमा धनन्जय झा नियुत्त भएर आएपछि गरिएको पहिलो राम्रो कामको रुपमा यूएईमा रहेका नेपालीले मान्दै आएका छन ।

एक बर्ष पहिले दुतावासको वेबसाइट मार्फत दुतावासले हरेक अंग्रेजी महिनाको पहिलो शुक्रबार दिदै आएको सेवा बन्द गरिने सूचना सार्वजनिक गरेपछि यहाँ रहेका नेपाली अन्यौलमा परेका थिए । दुतावासले दिदै आएको सेवा बन्द हुने बारे यहाँ रहेका नेपाली संघसस्थाले चासो दिँदै दुतावासमा डेलिगेसन समेत गएपछि आबश्यक परे संघसस्थाले स्वयमसेवकको रुपमा दुतावासको कामकाजमा सरलिकरण गर्ने बताएपछि दुतावासले शुक्रबार समेत सेवा दिन लागेको थियो ।

उतिबेला दुतावासले दिदै आएको सेवा कटौती गर्दा दुतावासप्रति सेवाग्राहीको राम्रो प्रभाव नपर्ने भन्दै कर्मचारीका लागि आबश्यक पहल गर्न नेपाल सरकारसँग आग्रह गर्ने र संघसस्थाले आफ्ना सदस्यहरुलाई स्वयम सेवकको रुपमा खटाएर भएपनि सेवा दिनु पर्ने माग यहाँ क्रियाशिल नेपाली संघसस्थाको थियो । तर अहिले भने यहाँ रहेका संघसस्था यस् बिषयमा मौन छन ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण