गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, राजनीतिमन्त्रीको विभाग नतोकिँदा कामकाज काम प्रभावित

मन्त्रीको विभाग नतोकिँदा कामकाज काम प्रभावित

October 17, 2015२८१ पटक

३० असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक सातासम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । मन्त्रिपरिषद् विस्तार नहुँदा मन्त्रालयका काम प्रभावित बनेका छन् । मन्त्रीको नाममा एमाले, एमाओवादी र सत्तासाझेदार अन्य दलमा विवाद भएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गर्न नसकेका हुन् । ओली २४ असोजमा प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

२५ असोजमा सपथ लिएका उनले सानो आकारको मन्त्रिपरिषद् गठन गरेका थिए । सत्तारुढ दलले मन्त्रीको टुंगो लगाउन नसक्दा २१ वटा मन्त्रालय यतिवेला बेवारिसेजस्तै छन् । मुलुकको शान्तिसुरक्षाको महत्त्वपूर्ण जिम्मेवारी लिएको गृह मन्त्रालय नै एक सातादेखि मन्त्रीविहीन अवस्थामा छ । मुलुकमा पेट्रोलियमलगायतको आपूर्तिमा गम्भीर समस्या सिर्जना भइरहेको अवस्थामा आपूर्ति व्यवस्थापनको प्रमुख जिम्मेवारी पाएको वाणिज्य तथा आपूर्ति मन्त्रालय पनि मन्त्रीविहीन रहेको नयाँ पत्रिकामा खबर छ ।

अर्थ, ऊर्जा, भूमिसुधार तथा व्यवस्था, शिक्षा, स्वास्थ्य, श्रम, सिँचाइ, स्थानीय विकास, सामान्य प्रशासनलगायत २१ वटा महत्त्वपूर्ण मन्त्रालयका काम ठप्प छन् । ती सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओली आफैँले सम्हाल्दै आइरहेका छन् । प्रधानमन्त्रीमा निर्वाचित भएको भोलिपल्ट ओलीले विस्तार गरेको नौ सदस्यीय मन्त्रिपरिषद्मा तीनजना विनाविभागीयमन्त्री छन् । विनाविभागीयमन्त्रीमा सत्यनारायण मण्डल र रामकुमार सुब्बा तथा राज्यमन्त्रीमा मेघराज नेपाली निषाद छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण