दुईसय २३ किलो गाँजा बरामद
मकवानपुर, साउन २२ – मकवानपुरको भैंसे ३ कालिकाटारबाट प्रहरीले ठूलो परिमाणको गाँजा सहित एउटा ट्रकलाई नियन्त्रणमा लिएको छ । ना २ ख ९२५० नम्बरको ट्रकमा ल्याउँदै गरिएको २ सय २३ किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
सुराकीका आधारमा राती गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक शिशु शर्माले जानकारी दिनुभयो । प्रहरीलाई देखेपछि चालक भागेका र उनको खोजी भैरहेको पनि प्रहरीले जनाएको छ ।