गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, समचारसिन्धुपाल्चोकवासीले जमरा राख्ने ठाउँ पाएनन्

सिन्धुपाल्चोकवासीले जमरा राख्ने ठाउँ पाएनन्

October 17, 2015२३६ पटक

३० असोज, काठमाडौं । नेपालीहरुको महान चाड दशैं घर घरमा भित्रिसकेको छ । तर यो वर्षको दशैंमा सिन्धुपाल्चोकवासीलाई कुनै उत्साह छैन । दशैं मनाउन न घर नै छ, न त किनमेल गर्न जान सकिएको छ ।

भूकम्पले सबै जिल्लावासीको घर भत्केपछि यो वर्ष सबैले अस्थायी टहरामा नै दशैं मनाउँदैछन् । यो वर्षको दशैंको पहिलो दिन मंगलबार सबैले घर घरमा जमरा राखेर बिनाउत्साह दशैंको सुरुवात गरेको राजधानी दैनिकमा खबर छ । धेरैले जमरा आफ्नो पूजा कोठामा राख्ने गरेका थिए, तर यो वर्ष कुनै पनि जिल्लावासीको पूजा कोठा नै छैन ।

‘यहि अस्थायी टहराको एक छेउमा जमरा राखियो,’ पाल्चोक गाविसका रामबहादुर खड्काले भने ।

उनले मात्रै होइन, थुम्पाखर टिमुरेका गणेशबहादुर थापाले पनि टहरोको एक छेउमा जमरा राखेका छन् । बस्ने ठाउँ नै समस्या भएकाले परम्परा धान्न जमरा राख्ने ठाउँ नै नभएको बताए ।

‘घर सिँगारपटार नगर्दा त दशैं आएको जस्तै हुँदो रहेनछ,’ मांखाका टंक पराजुलीले भने, ‘मासु त सधैं खाइन्छ नै, खै किन हो, यो वर्ष दशैंको कुनै रौनक नै छैन ।’ यो वर्ष अधिकांश जिल्लावासीको घरको आकार र रंग उस्तै छ, जस्ताको छानो, जस्ताकै गारो अनि दैलोबिनाको घर ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण