गृहपृष्ठ » मुख्य समाचार, समचारदसैं भित्रिसक्दा ताप्लेजुङमा उपभोग्य सामग्रीको अभाव

दसैं भित्रिसक्दा ताप्लेजुङमा उपभोग्य सामग्रीको अभाव

October 17, 2015१४९ पटक

० असोज, ताप्लेजुङ । लगातारको तराई बन्द र त्यसमाथि थपिएको नाकाबन्दीले पुर्वी पहाडि जिल्लामा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासलगायत दैनिक उपभोग्य सामग्री सहज हुन नसक्दा नेपालीहरुको मुख्य चाड दसैं प्रभावित छ ।

मालसामान आपूर्ति गर्ने नाका तराईमा बढी भएकाले पुर्वि पहाडमा समेत बन्दको सोझो असर परेको हो । खाना पकाउने ग्यास र दैनिक उपभोग्य बस्तुको अभाव र महँगीको कारण पूर्वी क्षेत्रका नागरिक अभाव र तनाबकै बीच पनि उमंगका साथ दसैं मनाउन तयारी भने गरिरहेका छन् ।

पूर्वी पहाडि जिल्ला ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुरमा विगतको तुलनामा यस वर्ष दसैंको चहलपहल कमै देखिन्छ । किनमेल र चाडपर्व मनाउन सहरबाट गाउँ फर्किनेको संख्या कम छ भने गाउँबाट सहर जानेको संख्या पनि न्यून रहेको छ । लगातारको तराई बन्द र भारतले नेपालमाथि गरेको अघोषित नाकाबन्दीका कारण यातायातका साधन कमै मात्र चल्दा तराई र राजधानीबाट स्थानीय गाउँ आउन सकेका छैनन् ।

दशैको समयमा भिडभाड हुन ताप्लेजुङ सदरमुकाम फुङलिङमा दसैंका लागि लत्ताकपडा लगायत सामग्री ग्राहकको मागअनुसार नहुँदा चलहपहल सुन्य जस्तै । भएका सामग्रीको भाउ भने महँगो रहेको स्थानीय ग्राहकको भनाई छ । बन्द-हडतालका कारण पेट्रोलियम आयात ठप्प हुँदा बढेको ढुवानी खर्चको मारमा व्यापारी पनि परेका छन् ।

ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरेका अनुसार जिल्ला पेट्रोलियम पदार्थ बाहेक दैनिक उपभोग्य सामग्रीमा खासै समस्या नरहे पनि भएका सामागि्र महँगो छन् । जिल्लाका होटलहरूमा खाना पकाउने ग्याससमेत अभाव भएको होटल व्यवसायी संघ जिल्ला अध्यक्ष दिनेश खवासले बताए । पर्यटकीय तथा धार्मिक जिल्ला भएकाले पाथिभरामा तिर्थयात्रि र कञ्चनजंघा हिमालमा आउने पर्यटकको संख्या केहि बढे पनि उनिहरुको माग बमोजिम होटल व्यवसायीले सुविधा दिन नसकेको उनको भनाई छ ।

तेल अभावका कारण अहिले यातायात सञ्चालन गर्न सहज नभए पनि यातायात व्यवसायीले यात्रुलाई सकेसम्म सुविधा दिलाउन प्रयास गरिरहेको ताप्लेजुङ बस टिकट काउन्टरका इन्चार्ज राजन गुरुङले बताए ।

यता यातायात सञ्चालनमा समस्या हुन नदिन जिल्ला प्रशासन कार्यालयले केहि ट्याङ्कर तेल जिल्ला भित्रिएको समयमा दुई डिपो मार्फत तेल आपूर्ति गर्ने व्यवस्था गरेको छ । प्रमुख जिल्ला अधिकारी कमलबहादुर थापाले यस अघि पनि आएजति पेट्रोलियम पदार्थ नियम बनाएर वितरण गरिएको र अब पनि आपुर्ति सहज नभए सम्म सोहि अनुसार व्यवस्था मिलाइएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण