गृहपृष्ठ » मुख्य समाचार, समचारचाडपर्वमा हुनसक्ने कालोबजारी रोक्न अनुगमन

चाडपर्वमा हुनसक्ने कालोबजारी रोक्न अनुगमन

October 17, 2015१२७ पटक

काठमाडौं, असोज ३० – इन्धन अभाव भएसँगै कालोबजारी बढ्न थालेको उपभोक्ताले गुनासो गरेका छन् । अहिले इन्धनसँगै खाद्यान्नमा पनि कालोबजारी बढेको गुनासो बढेपछि सरकारले अनुगमनलाई तिब्रता दिएको जनाएको छ ।

सादा पोसाकमा खटिएको टोलीले विभिन्न ठाउँमा अनुगमन गरिरहेको र कालोबजारी भएको भेटिए कारवाही पनि गरिएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता शम्भुप्रसाद घिमिरेले बताउनुभयो ।

७५ वटै जिल्लामा अनुगमन टोली खटिएकाले कतै कालोबजारी भए तुरुन्त प्रमुख जिल्ला अधिकारी वा प्रहरीलाई खबर गर्न उहाँले आग्रह गर्नुभयो । उहाँका अनुसार अभावको बेलामा कालोबजारी गर्नेलाई कालो बजारी ऐन अन्तर्गत जरिवानासहित थुनामा पनि राखिनेछ ।

कालोबजारी भैरहेको जानकारी गराउने व्यक्तिको नाम र ठेगाना गोप्य राखिने भएकाले उजुरीकर्तालाई कुनै समस्या नहुने प्रवक्ता घिमिरेको भनाई छ । अहिले सरकारी निकायसँगै उपभोक्ता आपैmपनि सचेत हुनुपर्ने उहाँले बताउनुभयो । सरकारले १० वटा सरकारी निकायलाई अनुगमनको जिम्मेवारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण