गृहपृष्ठ » मुख्य समाचार, समचारसर्लाही र महोत्तरीको जंगल क्षेत्रमा प्रहरीले दिउँसोको स्कर्टिङ हटायो

सर्लाही र महोत्तरीको जंगल क्षेत्रमा प्रहरीले दिउँसोको स्कर्टिङ हटायो

October 17, 2015१३४ पटक

महोत्तरी, असोज ३० – महोत्तरी र सर्लाहीको जंगल क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्गमा प्रहरीले दिउँसोको समयमा गाडीको स्कर्टिङ गर्न छाडेको छ ।

चाडपर्वका बेला लामो समयसम्म स्कर्टिङ पर्खिनु पर्दा यात्रु र चालकलाई झन्झटिलो हुने भएकाले दिउँसोको मसयमा स्कर्टिङ हटाएर जंगल क्षेत्रमा सुरक्षाकर्मी परिचालन गर्न थालिएको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी रमेश पण्डितले जानकारी दिनुभयो । बिहान बेलुका भने स्कर्टिङबाटै प्रहरीले गाडीलाई जंगल पार गराउने गरेको छ ।

महोत्तरी र सर्लाहीको जंगल क्षेत्रमा पर्ने माइस्थान, टुटेश्वर, लक्ष्मिनियाँ, बाँके, सागरनाथ लगायतका आठ ठाउँमा दिउँसोको समयमा नियमित प्रहरी टोली खटिने र सडकमा लगातार गस्ती गर्ने गरेको डिएसपी पण्डितले बताउनुभयो ।

मधेस आन्दोलनको क्रममा डेढ महिना अघि सर्लाही र महोत्तरीको जंगल क्षेत्रमा सवारी साधनमाथि आगजनी भएपछि प्रहरीले स्कर्टिङ गर्न सुरु गरेको थियो ।

चाडपर्वका बेलामा स्कर्टिङ पर्खिन झन्झटिलो भएपछि गाडी चालक र यात्रुहरुको सुविधालाई ध्यानमा राखेर प्रहरीले स्कर्टिङ हटाएर गस्ती गर्न थालेको हो । यसले यात्रुलाई जंगल क्षेत्रमा यात्रा गर्न सहज भएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण