बेलहिया नाका भएर इन्धन बोकेका २० वटा गाडी भित्रिए
रुपन्देही, असोज ३० – रुपन्देहीको बेलहिया नाका भएर इन्धन बोकेका २० वटा गाडी नेपाल भित्रिएका छन् । इलाका प्रहरी कार्यालय बेलहियाका अनुसार शुक्रबार राति १० बजेसम्म डिजल बोकेका १० र पेट्रोल बोकेका दुई वटा ट्यांकर नेपाल भित्रिएका छन् ।
यस्तै ८ बुलेट एलपी ग्यास पनि भित्रिएको प्रहरीले जनाएको छ । बेलहिया नाका भएर अरु सामान बोकेका तीन सय ९२ वटा गाडी नेपाल भित्रिएको प्रहरीले बताएको छ ।
बेलहिया भन्सार कार्यालयका अनुसार बेलहिया नाका खुकुलो भएसँगै इन्धन र खाद्यान्नको आउनेक्रम पनि बढेको छ । सामान्य अवस्थामा ५० देखि ६० ट्यांकर इन्धनसहित ६ सय देखि ७ सय गाडी बेलहिया नाका हुँदै नेपाल भित्रने गर्थे ।