अघोषित नाकाबन्दीबाट जनतालाई कष्ट भयो: भट्टराई
विराटनगर-पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मधेस/पहाडको दूरी कम गर्न र विकासको गतिमा मुलुकलाई डोर्याउनका लागि नयाँ राजनीतिक शक्तिको आवश्यकता रहेको बताएका छन्।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको भेटघाटमा उनले पुराना शक्ति अपारदर्शी, भ्रष्टाचारमा लिप्तरहेको आरोप लगाउँदै राजनीतिक पारदर्शीता र नयाँ मूल्य मान्यताका साथ नयाँ शक्तिको निर्माणमा लागेको स्पष्ट पारे।
अधोषित नाकाबन्दीले जनतालाई कष्ट भइरहेको उल्लेख गर्दै नाकाबन्दी तुरुन्त खोल्नुपर्ने धारणा राख्दै उनले दुवै देशले कूटनीतिक प्रयास गरी वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्नुपर्ने सुझाव दिए।
उनले मधेस–पहाडमा देखिएका असन्तुष्टिलाई समाधान गर्न ढिलाइ गर्नु नहुने विषयमा जोड दिए। उनले एमाओवादी पार्टी छोडेपछि आफूले राजनीतिबाट सन्यास नलिएको स्पष्ट पार्दै नेता भट्टराईले नयाँ सोचका साथ दुवै छिमेकी मुलुकसँग सोहार्दपूर्ण सम्बन्धको विकास गर्ने बताए। रासस