गृहपृष्ठ » मुख्य समाचार, समचारबन्द खुकुलो पार्न यातायात व्यवसायीको आग्रह

बन्द खुकुलो पार्न यातायात व्यवसायीको आग्रह

October 17, 2015१३५ पटक

सप्तरी-तराई मधेसमा लामो समयदेखि जारी बन्दका कारण सप्तरीका यातायात व्यवसायी दिनप्रतिदिन मारमा परेको भन्दै बन्दलाई खुकुलो बनाउन आग्रह गरिएको छ।

राजविराजस्थित सगरमाथा यातायात सङ्घको सभामा आज पत्रकारहरूसँग छलफल गर्दे यातायात व्यवसायीले आन्दोलनरत पक्षसँग बन्द खुकुलो गरिदिन आग्रह गरेका छन्।
नेपालीको महान पर्व दसैँमा बन्दका कारण यातायात नचल्दा यातायात व्यवसायी मारमा पर्नुका साथै कार्यरत मजदुर आफनो छाक टार्न र दसैंमा किनमेलका लागि पैसा नहुँदा समस्यामा भएको बताएका छन्।

छलफल कार्यक्रममा मोर्चाका सप्तरी संयोजक रामप्रित यादव, सद्भावनाका दिपेन्द्र चौधरी, फोरम लोकतान्त्रिकका सत्यनारायण यादव, सङ्घीय समाजवादी फोरम नेपालका अनिरुद्धप्रसाद सिंहलगायतको समेत सहभागिता थियो । छलफल पछि मोर्चाले भने यस विषयमा केन्द्रका नेतालाई जानकारी गराई समस्या समाधानको लागि प्रयास गर्ने बताएका छन् । रासस

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण