गृहपृष्ठ » मुख्य समाचार, समचारकर्णालीको अर्ग्यानिक स्याउले नै नेपालको माग धान्छ

कर्णालीको अर्ग्यानिक स्याउले नै नेपालको माग धान्छ

October 17, 2015१२५ पटक

काठमाडौं– कर्णाली तथा सोलुखुम्बुलगायतका क्षेत्रमा उत्पादन हुने नेपाली अग्र्यानिक स्याउले हाल नेपाली बजार माग पूरा गर्न सक्ने व्यवसायीहरुले बताएका छन् ।
नेपाली अग्र्यानिक स्याउ स्वास्थ्यवद्र्धक भए पनि शहरी क्षेत्रका उपभोक्ताले राम्रो स्वरुप र रंग हेरेर स्याउ किन्ने भएकोले नेपालमा विदेशी स्वाउले प्रश्रय पाएको व्यवसायीहरुको गुनासो छ । ‘गोलो र राम्रो कलर हेरेर शहरी क्षेत्रका उपभोक्ताहरु चिनियाँ र भारतीय स्याउ किन्ने गर्छन्,’ लाम्रा–९ जुम्लाका दिनेश खड्का भन्छन्, ‘कर्णालीको स्याउको उचित प्रचारप्रसार हुने र बजार पाउने हो भने उपभोक्ताले सपथ मूल्यमा अग्र्यानिक स्याउ खान पाउँछन्।’

उनका अनुसार कर्णालीका स्याउ उत्पादन हुने हुम्ला, जम्ला, मुगु, कालिकोटलगायतका जिल्लामा प्रतिकेजी ३५ देखि ४५ रुपैयाँमा स्याउ बिक्री हुने गरेको छ । ढुवानी भाडा प्रतिकेजी २० देखि २२ रुपैयाँसम्म पर्ने र त्यसमा प्याकिङ कार्टुनलगायत खर्च र व्यवसायीको नाफा जोड्दा काठमाडौंमा जुम्लाको स्याउ प्रतिकेजी १ सय देखि १ सय २० रुपैयाँसम्म पर्छ । त्यस्तै, कर्णालीमा पहेँलो रंगको ‘सुन स्याउ’लाई प्रतिकेजी ८० देखि ९० रुपैयाँसम्म पर्छ । त्यही स्याउ काठमाडौंमा प्रतिकेजी १ सय ८० रुपैयाँसम्म पर्छ । तर, सुन स्याउको आपूर्ति निकै कम भएकोले ठूला तथा पाँचतारे होटलहरुले पहिल्यै बुक गरेर लैजाने गरेको उनले बताए । ‘ढुवानी सहज बनाउने हो भने कर्णालीकै स्याउ सस्तो मूल्यमा उपभोक्ताले पाउने छन्,’ उनले भने, ‘ढुवानी असहज हुँदा वास्तिविक स्याउन कृषकले उचित मूल्य प्राप्त गर्ने सकेका छैनन् ।’

यस वर्षको भदौं शुरुदेखि हालसम्म कर्णालीबाट मात्र करिब ९० करोड रुपैयाँ बराबरको स्याउ कर्णालीबाट निर्यात भइसकेको उनले बताए । कर्णालीमा गत वर्ष १४ हजार मेट्रिक टन स्याउ उत्पादन भएकोमा जुम्लामा मात्रै ३ हजार ९ सय ९० मेट्रिक टन, मुगुमा २ हजार ९ सय २३ मेट्रिक टन, कालिकोटमा ५ हजार १ सय १५, हुलम्लामा १ हजार ४ सय ३८ र डोल्पामा ५ सय ३२ मेट्रिक टन उत्पादन भएको थियो । तर, कर्णालीको स्याउले उचित बजार नपाउँदा कृषकले उचित लाभ लिन सकेनन् भने नेपालमा विदेशी स्याउले बजार लिएको छ ।

कर्णालीका केही कृषकले काठमाडौंमा स्याउ ल्याएर बिक्री गर्न खोजे पनि विदेशी स्याउको तुलनामा उपभोक्ताले स्वदेशी तथा अग्र्यानिक स्याउलाई महत्व नदिएको काठमाडौंको मीनभवन ट्रली बसको पूर्वपटट्टी डिके एप्पल गार्डेन नाम राखी स्याउ बेचिरहेका जुम्लाका खड्काले बताए । दशैंतिहार जस्ता चाडपर्वमा कर्णालीको स्याउलाई महत्व दिन सकिए स्याउमा नेपाल आत्मनिर्भर हुन सक्ने उनको भनाइ छ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण