खडेरीले मुगुमा बर्षे वाली नष्ट, भोकमरीको खतरा
३० असोज, मुगु । मुगुमा यस बर्षको लामो खडेरीले बर्षे वाली नष्ट भएको छ । जसले भोकमरीको खतरा बढेको छ ।
२४ गाविस मध्ये भिर्इ, फोतु, नाथर्पु, सुकाढीक, ह्याङ्लु, कोटडाँडा, रुगा, रारा र जिमा गाविसको वाली खराडीमा हुन सकेन । बाँकी गाविसहरुमा पनि खडेरीले खसर गरेको छ ।
मुगुमा लगाइने बर्षे वालीका रूपमा र धान, कोदो, मकै, सिमी, मार्से, फापर, भट्ट, चिनु कागुनुको खेती गरिन्छ । तर, लामो खडेरीले समुन्द्र सतहदेखि १ हजार ५ सय मिटर भन्दा तलका पारिला वस्तीहरुमा लगाइएका पाखो वाली पूर्णरुपले नोक्सान पुर्याएको छ ।
बढ्दो जनसंख्या र कम अन्न उत्पादनका कारण हरेक बर्ष भोकमरीको सामना गर्दै आएका मुगालीहरुलार्इ यस बर्ष झनै चर्को भोकमरीको सामना गर्नु पर्ने निश्चित देखिएको छ । जिल्लामा खडेरीको प्रकोपले कुल उत्पादनको ४० प्रतिशत घटेको छ ।
मुगु जिल्लामा रहेका चार भेग सोरु, खत्याड, गम र करानका गाँउ वस्तिहरुमा यस बर्षको खडेरीले २१ करोड भन्दा बढीको अन्नवालि नष्ट गरेको जिल्ला कृषि विकास कार्यलय मुगुले जनाएको छ ।