गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, समचारबाहाना बनाउँदै नाकाबन्दी झन कडा, नेपालीमाथि दुर्ब्यवहार

बाहाना बनाउँदै नाकाबन्दी झन कडा, नेपालीमाथि दुर्ब्यवहार

October 18, 2015२५५ पटक

झापा-भारतीय आयल कर्पोरेशन (आइओसी) को सिलिगुढीस्थित डिपोले शनिबार चार बुलेट ग्यास मात्रै नेपाललाई दिएको छ। शनिबार र आइतबार दुईदिन बिदा हुने कारण देखाउँदै आइओसीले तेल नदिएको हो। तर अघिल्लो साता बिदाको दिन पनि इन्धन दिएको थियो।

ययसैबीच किनमेलका लागि भारतीय बजार पुगेका नेपालीलाई शनिबार साँझ पानीट्यांकी नाकामा भारतीय सुरक्षाकर्मीले दुव्र्यवहार गरेका छन्। बाइक लिएर तेल भर्न गएका नेपाली नम्बरप्लेटवाला चालकलाई सुरक्षाकर्मीले दुव्र्यवहार गरेको हो।

एसएसबीले साँझ पाँच बजेदेखि सात बजेसम्म नेपाली नम्बर प्लेटका मोटरसाइकललाई नेपाल तर्फ आउन दिएन। भरेको तेल फिर्ता नगरेसम्म नेपाल जान नदिने भन्दै सयौं नेपालीलाई नाकामा दुई घण्टा बन्धक बनाइएको थियो। ‘धेरै नेपालीलाई एसएसबीले तेल भरेको बहानामा दुई घन्टा बन्धक बनायो’, झापा चारआलीका ज्योतिकिरण रिजालले भने ‘किन तेल भरेको भन्दै धरपकड गर्यो , केहीलाई कुटपिटसमेत गर्यो ।’ त्यसपछि तेल फिर्ता गरेपछि मात्रै नेपाल आउन दिइएको उनले बताए ।

यसैबीच किनमेलका लागि भारतीय बजार पुगेका नेपालीलाई शनिबार साँझ पानीट्यांकी नाकामा भारतीय सुरक्षाकर्मीले दुव्र्यवहार गरेका छन्। बाइक लिएर तेल भर्न गएका नेपाली नम्बरप्लेटवाला चालकलाई सुरक्षाकर्मीले दुव्र्यवहार गरेको हो।

एसएसबीले साँझ पाँच बजेदेखि सात बजेसम्म नेपाली नम्बर प्लेटका मोटरसाइकललाई नेपाल तर्फ आउन दिएन। भरेको तेल फिर्ता नगरेसम्म नेपाल जान नदिने भन्दै सयौं नेपालीलाई नाकामा दुई घण्टा बन्धक बनाइएको थियो। ‘धेरै नेपालीलाई एसएसबीले तेल भरेको बहानामा दुई घन्टा बन्धक बनायो’, झापा चारआलीका ज्योतिकिरण रिजालले भने ‘किन तेल भरेको भन्दै धरपकड गर्यो , केहीलाई कुटपिटसमेत गर्यो ।’ त्यसपछि तेल फिर्ता गरेपछि मात्रै नेपाल आउन दिइएको उनले बताए ।नागरीक न्युजबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण