गृहपृष्ठ » मुख्य समाचार, शिक्षा, समचाररुपन्देहीमा एन्टी स्नेक भेनम र एन्टी रेबिज भ्याक्सिनको अभाव

रुपन्देहीमा एन्टी स्नेक भेनम र एन्टी रेबिज भ्याक्सिनको अभाव

October 18, 2015२२८ पटक

रुपन्देही, कात्तिक १ – रुपन्देहीमा सर्पले डसेपछि र कुकुरले टोकेपछि आवश्यक पर्ने औषधि सकिएको छ । सर्पले डसेपछि चाहिने एन्टी स्नेक भेनम र बहुलाहा कुकुरले टोकेपछि चाहिने एन्टी रेबिज भ्याक्सिन सकिएको लुम्बिनी अञ्चल अस्पताल बुटवलका सूचना अधिकृत लक्ष्मिराज रेग्मीले जानकारी दिनुभयो ।

रुपन्देहीमा लुम्बिनी अञ्चल अस्पताल बुटवल र भिम अस्पताल भैरहवामा मात्र सर्पले डसेको र बौलाह कुकुरले टोकेको उपचार हुने गर्दछ । स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आवश्यक औषधि नपठाउँदा अस्तालमा भर्ना भएका बिरामीलाई उपचारमा समस्या भएको हो ।

लुम्बिनी अञ्चल अस्पतालमा मात्रै अहिले सर्पले डसेका दैनिक ३/४ जना र बौलाहा कुकुरले टोकेका दैनिक ३०/३५ जना बिरामी उपचार गराउने आउने गरेको अस्पतालले जनाएको छ । चालु आर्थिक वर्षको तीन महिनामा मात्रै सर्पले टोकेका ९ जना बिरामीको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा ज्यान गैसकेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण