गृहपृष्ठ » मुख्य समाचार, समचारजीप दुर्घटना हुदा ३ जना घाईते

जीप दुर्घटना हुदा ३ जना घाईते

October 18, 2015१५२ पटक

अनिश गैरे, वामी गुल्मी , कार्तिक–०१
गुल्मीको शान्तिपुरको हर्राचौरबाट बडागाँउ गाविसको वडा नं. ३ नेटा तर्फ विबाहको लागी आउँदै गरेको जीप दुर्घटना हुँदा तिन जना घाईते भएका छन । लु.१ज.४३२० नम्बरको जीप बडागाँउ गाविसको वडा नं. ३ दजाकोटमा दुर्घटना भएको हो । दुर्घटनामा परि वामी गाविस वडा नं. ७ का ४२ बर्षीय चन्द्र बहादुर नेपाली गम्भिर घाइते हुनुभएको छ भने बडागाँउ गाविस वडा नं. ३ की मनिषा नेपाली र जीप चालक पौदीअमराई गाविस वडा नं. ६ का प्रताप थापा सामान्य घाइते भएको वामी प्रहरी चौकीका प्रमुख कृष्णलाल वि.क.ले जानकारी दिनुभयो । साथै घाइतेहरुको थप उपचारको लागि सदरमुकाम तम्घासतर्फ लगिदै गरेको समेत उहाँले जानकराी दिनुभयो । मोटरबाटो साघँरो भएकोले दुर्घटना भएको हुन सक्ने शकां गरिएको छ । जीपमा ११ जना यात्रुहरु सबार रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण