गृहपृष्ठ » मुख्य समाचारउच्च प्रहरी अधिकृतको राजीनामा आउनुको कारण यस्तो रहेछ

उच्च प्रहरी अधिकृतको राजीनामा आउनुको कारण यस्तो रहेछ

August 7, 2015१५५ पटक

काठमाडौं, २२ साउन । विभिन्न देशको आवासीय अनुमति लिएका प्रहरीले धमाधम राजीनामा दिन थालेका छन् ।
सशस्त्र प्रहरी बलका एक डिआइजी तथा नेपाल प्रहरीमा एक डिएसपीले राजीनामा दिएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
सशस्त्र प्रहरी बलका डिआइजी दुर्गाबहादुर कुँवरले दिएको राजीनामा गृह मन्त्रालयले स्वीकृत गरिसकेको छ ।
उनले विदेशी आवासीय अनुमतिको कारण नभई व्यक्तिगत कारण देखाई राजीनामा दिएका छन् ।
तर, नेतृत्वसँगको असन्तुष्टिका साथै अमेरिकाको पिआर भएकाले उनले राजीनामा दिएको स्रोतको दाबी छ ।
नेपाल प्रहरीका डिएसपी खेम केसीले पनि प्रहरी प्रधान कार्यालयमा राजीनामा दिएका छन् । उनले पारिवारिक कारण देखाउँदै राजीनामा दिएका छन् ।
उनको राजीनामा भने स्वीकृत भइसकेको छैन । सशस्त्र प्रहरी बलका तीनजना अधिकृतले आफूहरूसँग विदेशको आवासीय अनुमति रहेको जानकारी दिएका छन् ।
सशस्त्र प्रहरी बल नियमावली ०७२ अनुसार सशस्त्र मुख्यालयले डिभी, पिआर वा ग्रिनकार्डबारे जानकारी दिन एक महिनाको अवधि दिएको थियो ।
त्यस्तो अवधि बुधबारबाट सकिएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी पुष्पराज केसीका अनुसार यो अवधिमा तीनजना अधिकृतले आफूसँग विदेशी आवासीय अनुमति रहेको जानकारी गराएका छन् ।
दुईजना डिएसपी र एक इन्स्पेक्टरले त्यस्तो जानकारी गराएको उनले बताए । ‘अब एक महिनाभित्र कि उनीहरूले विदेशको आवासीय अनुमति त्याग्नुपर्छ कि जागिर छाड्नुपर्छ,’ डिआइजी केसीले भने ।
जानकारी नदिएकाहरूसँग डिभीरपिआररग्रिनकार्ड पाइए उनीहरूलाई बर्खास्त गरिने केसीले बताए ।
सशस्त्र प्रहरी नियमावलीको दफा १०७ मा अन्य कुनै पनि मुलुकको स्थायी आवासीय अनुमति लिन नहुने कुरा उल्लेख छ

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण