ग्लोबल आईएमई बैँक वामी शाखाबाट आज नया नोट सटही, झण्डै सात लाख बराबरको कारोबार ।।
अनिश गैरे, वामी गुल्मी ।।
कार्तिक १ गते ।
ग्लोवल आईएमई बैँक वामी शाखाबाट आज दशै लाई मध्यनजर गर्दै नया तथा खुल्ला नोट सटही तथा बितरण गरिएको छ । दशैको बेलामा सर्वसाधरणहरुको नया तथा खुल्ला नोटको आबश्यकतालाई मध्यनजर गर्दै नोटको सटही ब्यबस्था गरिएको शाखा प्रबन्धक अम्बु बहादुर रायमाझीले जानकरी दिनुभयो । आज एक दिनको लागी सञ्चालन गरिएको कारोबारमा प्रति ब्यक्ति ५ सय देखी १ हजार सम्म नया नोट सटही गरिएको समेत उहाँले जानकारी दिनुभयो । झण्डै एक हजार जनाले आज नया नोट सटही गरेको र जम्माजम्मी ७ लाख बराबरको रकम साटही भएको उहाँले जानकरी दिनुभयो । बिहान १० बजेदेखी साँझ ५ बजे सम्म नै सेबाग्राहीहरुको नोट सटहीको लागी घुईचो लागेको थियो । भने सर्बसाधरणहरुको लागी ५, १०, २०, ५० र १०० रुपैयाका नोटहरु साटिएको छ । सबैसाधरणहरुको माग अनुसारको रकम साट्न नसकिएको बताईएको छ । साथै केही महिना अघि मात्रै शुरु गरिएको ए.टि.एम. सेबा पनि प्रभाबकारी हुँदै गएको छ । दिनमा ५० देखी ६० जनाले एटिएम मार्फत सेबा लिने गरेको शाखा प्रबन्धक रायमाझीको भनाई छ । एटिएम मार्फत एक पटकमा ५ सय देखी ३५ हजार सम्म तथा एक दिनमा १ लाख सम्म पैसा निकाल्न उहाँले जानकारी दिनुभयो । यसैबिच दशै लगायतका चाडपर्वहरु भित्रिए लगत्तै कारोबारमा पनि बृद्धि भएको उहाँले जानकारी दिनुभयो । दशैको समयमा नया तथा खुल्ला नोट सटहीमा गुल्मी तथा छिमेकी जिल्ला बाग्लुङ्का बिभिन्न गाबिसहरुबाट सेबाग्राहीहरुको उपस्थिती देखिन्थ्यो भने नया तथा खुल्ला नोट साट्न पाएकोमा सेबाग्राही हर्षित भएका छन ।