गृहपृष्ठ » मुख्य समाचार, समचाररेस्टुराँमा नाकाबन्दी मेनु

रेस्टुराँमा नाकाबन्दी मेनु

October 19, 2015१६१ पटक
छिमेकी मुलुक भारतले चार सातादेखि लगाएको नाकाबन्दीका कारण इन्धन, ग्यास लगायतका अत्यावश्यक वस्तुहरुको अभाव छ । कान्तिपुर दैनिकमा समाचार छ ।
यसको असर पुरै नेपालको होटल तथा रेस्टुराँ व्यवसायमा परेको देखिन्छ । यसैको ज्वलन्त उदाहरण हो, होटल तथा रेस्टुरा व्यवसायीहरुले ल्याएको नयाँ नाकाबन्दी मेनु ।
उनीहरुले पुरानो मेनुलाई संशोधन गरेर नयाँ मेनुका रुपमा नाकाबन्दी मेनु ल्याएका हुन् । अधिकांश होटल तथा रेस्टुराँमा अलिखित रुपमा संशोधित नाकाबन्दी मेनु ल्याएका छन् भने कमैले संशोधित नाकाबन्दी मेनु लिखित रुपमा टेबलमा राखेको देखिन्छ ।
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण