गृहपृष्ठ » मुख्य समाचार, विशेषपुर्व लडाकुद्वारा माओवादी नेतृत्वलाई प्रस्न

पुर्व लडाकुद्वारा माओवादी नेतृत्वलाई प्रस्न

October 20, 2015२७४ पटक

म अहिले जतिपनी फलाक्छु यी कुनै राजनीतिक मुद्दा, सिधाान्त, दर्शन, क्रान्ति यी के-के जाती भन्छन्, जनयुद्धमा लाग्दै गर्दा मलाई यी यावत् चिजको बारेमा केहि पनि थाहा थिएन र म नयाँ संबिधान, सामानुपातिक, समाबेशी, संघीयता, पहिचान जस्ता शब्दको परिभाषा बुझेर पनि क्रान्तिमा लागेको हैन !

मलाई मात्रै थियो, मेरि आमाको फाटेको, फरिया र चोलो, बुबाले साहुको ऋण तिर्न नसक्दा खाएको साहुको वचन मात्रै थाहा थियो ! भाईले खाजा खर्चको लागि ५ रुपैया माग्दा दिन नसकेर कुना पसेर रोएकी मेरि आमाको आसुको मात्रै थाहा थियो ! घरमा खाना नभएर हाम्रो परिवारले बोकै बिताएको रातमात्रै थाहा थियो !

धनिमनी का छोराछोरीले हाम्रा आँखा अगाडि एक गाँस मीठो खादा हामीले निल्ने थुकको घुड्की मात्रै थाहा थियो ! साहुको रोपाइँको दिन साहुको मेलामा हलो(गोरु) लान नमान्दा ती साहुले माओवादी हो यो भनेर मेरा बुबालाई पुलिस लगाएर कुटाएको त्यो दिन मात्रै थाहा थियो !

हुनेखाने साथीहरू स्कुलमा भिजिट र पिकनिक भनेर जादा आफु संग पैसा नहुदा कालो अनुहार लिएर रुदै घर फर्किएको ती दिन मात्रै थाहा थियो ! पढाई राम्रो भएर पनि बेलैमा फि तिर्न नसक्दा स्कुलमा अन्तिम हुनुपरेको पश्चताप मात्रै थाहा थियो ! शरीरको मैलो फाटेको सर्ट र टालेको कट्टु मात्रै थाहा थियो !

मलाई मेरि आमाले मकैको च्याख्ला र मोहीको सोल्दर संग नुनिलो आसुका थोपा मिसाएर निलेको प्रत्येक गाँस मात्रै थाहा थियो ! मलाई थाहा थियो त बिछ्याउना पल्टदा आकाशको तारा गन्न मिल्ने र बर्षामा चुहिने छानो मात्रै थाहा थियो !

म कुनै देश परिवर्तनको सपना बोकेर जनयुद्धमा हिनेको पनि हैन र थिइन पनि मात्रै मलाई घरको छानो र घरको मानोको चिन्ता थियो ! मैले त्यसबेला मात्रै सुनेको माओवादीको शासन आएपछि घनी गरिब बराबर हुन्छ रे ! मैले मात्रै जानेको थिए माओवादीमा हिने पछी मेरो बुबालाई कुट्ने पुलिस र कुट्न लाउने साहुलाई मार्न पाईन्छ !
यस्तै उदेश्य बोकेर जनयुद्धमा होमिएको म बबुरो मैले के पाए के गुमाए ? यसको जावाफ आज म आफै संग छैन ! बिगत मा देख्ने प्रत्येक सपना आज पनि पनि म उसै गरि देख्छु ! कस्तो अनौठो सपना मेरो कहिले पूरा नहुने हिजो त्यही सपना पूरा गर्न १० बर्ष काहाली लाग्दो युद्धमा होमिए आज खाडीको मरुभूमि बालुवा संग संघर्षरत छु !

बारुद र गोलाको रापले पिल्सिएका मेरो हस्तरेखा आज पनि सावेल र गैटिको चापले छियाछिया भएको छ ! तर पनि मेरो सपना उहीँ पुरानै हो, आमाको फाटेको फरिया र चोली फेर्ने, बुबाको कमिज र धोती फेर्ने चुहिने मेरो घरको छानो र बिहान बेलुकी मेरो चुलोमा बल्ने मेरो चुलोमा मानो हाल्ने !
बरु तपाईहरु नै जवाफ दिनुस् न मैले जनयुद्धमा लागेर के पाया ? मलाई नयाँ संबिधान ले के दियो ? अब नयाँ नेपालमा मेरा लागि के-के नयाँ आउछ ??? पुर्व लडाकु-

राजु ढुङ्गाना

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण