गृहपृष्ठ » मुख्य समाचार, राजनीतिराष्ट्रपति यादवद्वारा दसैँघरका मूल पुजारीबाट टीका र जमरा ग्रहण

राष्ट्रपति यादवद्वारा दसैँघरका मूल पुजारीबाट टीका र जमरा ग्रहण

October 23, 2015२०१ पटक

प्रधानमन्त्री सहित अन्यले राष्ट्रपतिको हातबाट टीका लगाए

काठमाडौं, कात्तिक ५- राष्ट्रपति डा रामवरण यादवले राष्ट्रपति भवन शीतल निवासमा विहिबार विहान १० बजेर ५५ मिनेटको शुभ साइतमा टीका लगाउनुभयो । उहाँले हनुमानढोका दसैँघरका मूल पुजारी देवराज अर्याल र पण्डित शङ्करप्रसाद सिग्द्यालबाट टीका लगाउनुभएको हो ।

राष्ट्रपतिलाई पूजारीहरु अर्याल र सिग्द्यालले शास्त्रोक्त विधिपूर्वक अभिषेक गर्दै जमरा र नवदुर्गाको प्रसाद प्रदान गर्नुभएको थियो । राष्ट्रपति यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि टीका र जमरा प्रदान गर्नुभयो । राष्ट्रपति यादवबाट बिना विभागीय मन्त्री विश्वेन्द्र पासवान, सशस्त्र प्रहरी वलका महानिरीक्षक कोषराज वन्त, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, गैरआवासीय नेपाली सङ्गठनका अध्यक्ष शेष घले लगायतले पनि टीका लगाउनुभयो ।

यादवले आफ्नो परिवारका सदस्यलाई पनि दसैँको टीका लगाइदिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा उहाँहरु सबैलाई टीका तथा जमरा प्रदान गर्नुभएको हो ।
यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा ८५ वर्षीय बुबा मोहनप्रसाद ओलीबाट विहान १०ः५५ बजेको शुभ साइतमा टीका लगाउनुभयो । ओलीले आफ्नी बुहारी एवं प्रधानमन्त्री पत्नी श्रीमती राधिका शाक्यलाई पनि टीका लगाइदिनुभयो । प्रधानमन्त्री ओलीले आफ्नी धर्मपत्नी राधिका तथा परिवारका अन्य सदस्यलाई पनि टीका लगाइदिनुभएको प्रधानमन्त्रीका सहयोगी रमेश आचार्यले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण